+
Search

ताजा अपडेट +

पपुलर +

‘तिम्रो मायाले बाँधेर राख’ भन्दै अस्मिता अधिकारीले ल्याईन पहिलो म्युजिक भिडियो

4KNationalDaily
२०७६ जेष्ठ १६, बिहीबार ०३:३६ बजे

काठमाडौ- नेपाल आइडलकी अस्मिता अधिकारीको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी नेपाल आईडलकी दोस्रो सिजनकी चौथो (थर्डरनरअप) हुन । दर्शकले दिएको भोटको आधारमा झापाकी उनी थर्ड रनरअप भएकी हुन् ।

चार प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट ल्याउँदै उनी चौथो भएकी हुन् । झापाको लखनपुर स्थायीबासी अस्मिता अधिकारीले काठमाडौं विश्वविद्यालयबाट बीएसी नर्सिङ सकिसकेकी छिन ।

भिडियाे

नेपाल आइडलका विभिन्न इपिसोडमा अस्मिताले देखाएको प्रस्तुतिले सबैलाई आश्चर्यमा मात्र पारेको थिएन, सबैको मन जित्न पनि सफल भएको थियो । झापाको लखनपुर स्थायी बासी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् ।

उनको पहिलो म्युजिक भिडियो ‘तिम्रो मायाले बाँधेर राख’ गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ । रवि मल्लको शब्द रचनामा रहेको गीतलाई भरत करियाले कम्पोज गरेका हुन् भने अल्मोडा रानाले एरेन्ज गरेका हुन्। यसको अडियो भर्सनको रेकर्डिङ अजय कार्कीले गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङरमास्टरिङ गरेका हुन्।

यस्तै गीतको म्यूजिक भिडियोमा अस्मिता आफैँ देखिएकी छिन् भने यसलाई एमयुए दीपसन परियारले गरेका छन् । यस्तै भिडियोको सम्पादन सिलन लम्सालले गरेका छन् भने सुट तथा डिरेक्शन अनिल कुमार मानन्धरले गरेका छन्। यसअघि मेल भर्सनमा श्याम कार्कीले यो गीत गाइसकेका छन्।

र याे पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily