मेरो गाँउतिर आफन्त पर्ने एक शिक्षक छन् । गाँउका घेरैजसो पढे लेखेका कि त बिदेश कि काठमाडाैं तिर रहने सन्दर्भमा यी आफ्नै ठाँउको बिद्यालयमा शिक्षक बन्न पुगे । अनि त के चाहियो ?
गाँउमा हुने हरेका सानातिना कार्यक्रममा उनी अतिथी हुनैपर्छ । गाँउघरमा आइपर्ने समस्या समाधानको अचुक शुत्र उनीसँगै हुन्छ । अनि, जसले उनको बिरुद्ध आवाज उठाउँछ ।
त्यो गाउँसमाजमा एक्लिन्छ । किनकी, उनी शिक्षकमात्र होइनन् । माओबादी हुन् । शिक्षक कम राजनीतिक कार्यकर्ताबढी । माओबादी नेकपामा समाहित भैसक्दापनि मैले माओबादी नै लेख्नुुको आफ्नै तर्क छ ।
मेरा आफन्त पर्ने यी शिक्षक कहिलेबाट माओबादी बने मलाइ ठाक्कै जानकारी छैन तर एउटा कुरा ताजै छ । आफूलाइ घर पायक ठाँउमा सरुवा गर्दिएपछि उनी माओबादीप्रती नतमस्तक छन् । अझ, प्रधानध्यापक नै बनाइदिएपछि उनको माओबादी प्रतिको माया बढेर गयो ।
माओबादी जनयुद्धताका उनी बफादार शिक्षकमात्र बने । जब माओबादी शान्ती प्रक्रियामा आयो, उनी गाँउका अगुवा कार्यकर्ता बने । जनयुद्धकालिन समयमा कयौ गाउँलेलाइ बिद्राेहीलाइ सहयोग गरेको बहानामा बेपत्तासम्म बनाउँदा उनको सहानुभूतीसम्म पनि आएन ।
पछि, कयौंको घर उजाडेर आएको परिबर्तनका स्थानिय ‘ठेकेदार’ उनै पो भए । कयौ बर्षदेखि मैले उनको पहलमा दिलाइएको न्याय देखेको छु । एउटै प्रकृतीको घटनामा एकल महिला दलितलाइ एउटा फैसला र आफ्नो आसेपासेको सन्दर्भमा अर्कै फैसला सुनाइएको देखेको छु ।
आफैंले भोगेको छु ।
सरकारको उपस्थिती न्युन रहेको र आफ्नो अधिकारबारे कमै जानकारी रहेका मानिसबीच हुनुुको फाइदा उठाएर उनीजस्ता कयौंले ठाँउठाँउमा आफ्नो निर्णय थोपरेका छन् ।
अझ, आफ्नो निहित स्वार्थ पुरा गर्न सोझा साझालाइ बलिको बोका बनाउने तर अवसर आउने ठाउँमा स्वार्थ हेरी ‘भगौडा’लाइ नै जिम्मेबारी दिने माओबादी नेतृत्वको गैरजिम्मेवारीले यो समस्यालाइ अझ बल्झाएको छ ।
गएको चुनाबमा नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टरार्इबीचको प्रतिस्पर्दाले गोरखाको चुनाबी रंग गज्जब थियो ।
सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगमार्फत पीडितलाइ न्याय नदिलाएसम्म मतदान बदर गराउने मेरो अत्तरमर्नको आवाजको कदर गर्दे मतदानस्थलमा गएर यत्रतत्र छाप लगाएर आफ्नो मत बदर गरें ।
तर, त्यो पुरा दिन म मतदानस्थलामा भइरहेका घटनालाइ केलाउँदै बसें ।
बाबुरामले नयाँ शक्ती गठन गरेपछि उनीसँगै गएर केन्द्रिय परिषद सदस्य बनेका एकले भेटमा भनेका थिए- ‘संबिघान बनि सकेपछिको अवको बिकासको कार्यभार बाबुराम बुढाले मात्र पूरा गराउँछन् । क्यापक जनलहर छ बिषेशगरि यूवामा’ ।
उनी बोलीरहे । म मुसुमुसुहाँस्दे सुनिरहें ।
केही महिनापश्चात चुनाबको माहोल ताका खबर सुनें, मसँग बाबुरामको आगामी कार्यदिशाको चर्चा गरेर नथाकेका तिनी नारायणकाजीको हातबाट टीका लगाएर माओबादीमै पर्केछन् । चुनाबको समयमा आमासँग कुरा गरिरहँदा म आइपुगें ।
उनले त्यो बेला भनेको सम्झन्छु ‘बाबुरामले शहिद बेपत्ता परिवारलाइ धोका दिए ।
उनीलाइ जिताए हाम्रो गाउँठाउँले केहि पाउँदैन । सबै मिलेर नारायणकाजी दाइलाइ जिताउनुपर्छ हइ’। आमा मात्र हाँस्नु भो । मैले केहि सवालजबाफ गरें ।
केहि दिनपछि थाहा भयो, बाबुरामसँग उनले राखेको एक सर्त पूरा नगरिदिएको झोंकमा उनी नारायणकाजीको शरणमा आएका रहेछन् ।
केहि दिनअधि प्रचण्डको हातबाट टिका लगाएर फेरी माओबादीमै पर्किएका पूख्यौली घर गोरखा भएका केहिलाइ सामाजीक सन्जालमा चर्को बधाइ आदानप्रदान भयो ।
जनयुद्ध चरम उत्कर्षमा रहँदा कुनामा लुक्ने तर खुल्ला राजनीतिमा आएपछि आफ्नो फाइदा हेरेर माओबादी-नयााशक्ती, नयााशक्ती-माओबादीको घुमिफिरी रुम्जाटार गर्न पल्केकाहरुले राजनीतिबाट कतिसम्म पाउँछु भन्ने आशा गरेका होलान् ?
कयौं बर्षदेखि राजनीति गरेको भनेर दाबी गर्ने तिनलाइ केहि समयको अन्तरालमै आफूले नायक भनेर चित्रित गरेको मान्छेलाइ खलनायक बनाइरहँदा लाज लागेन होला ?
बिचारको पछिभन्दा क्षणिक पाइदामा मात्र लागे हो भने तिनलाइ नेता भन्ने कि बिचौलिया ? कि राजनीतिक गुण्डा ?
राजनीति गर्नेहरुले जे बोल्दिए पनि हुने तर सर्वसाधरण जनताले प्रश्न उठाउ नै नपाइने प्रबृती केन्द्रिय राजनीतिमा हाबी भइरहँदा तल्ला तहसम्म नकरात्कम प्रभाव परिरहेको छ ।
म मतादाता रहेको अजिरकोटमा आजभोली माओबादी स्थानीय सरकारमा छैन । देशमा दुइ तिहाइको सरकार हुदाँपनि आफ्नो गाउँठाउँमा हैकम चलाउन नपाउँदा छटपटाइरहेका छन् ।
एक सन्दर्भमा मैले भनेको थिएं ‘शहिद बेपत्ताको सन्तानलाइ वडा सदस्यको टिकटपनि नदिने तर कहिल्यै माओबादीकाे राजनीति नगरेको ‘भगौडा’लाइ टिकट दिन मरिहत्ते गर्ने नेतृत्वको हालत अन्नत यहि त हुन्छ ।
राजनीतिको नाममा गाउँघरमा हैकम जमाएर बसेका ‘नवसामन्ती’लाइ माथिल्लो निकायबाटै खबरदारी नगरेसम्म जुनसुकै चुनाबमा जतिसुकै पैसाको खोलो बगाएपनि हात लाग्यो सुन्य ने हुनेछ ।
गाउँमा कहिल्यै नजाने अनि काठमाडाैंमा नै बसेर राजनति गर्नेहरुलाइ जतिपटक फुलमाला लगाएपनि केहि फरक पर्नेछैन ।
बर्षौंदेखि त्यहाँका जनतालाइ दबाब र प्रभाबमा पारेर निर्णय गराउने नामका ‘शिक्षक’ काठमाडाैंमा बसेर गाउँको नाम बेचेर पदको ‘सौदाबाजी’मा पल्केका भगौडाहरुलाइ तह लगाए राम्रो हो ब्यारे ।
बोल्न, लेख्न सकेपछि आफ्नै आँखा अधिको यो प्रवृतीबारे लेख्नै पर्यो नि ।
आगे हजुरहरुकै मर्जी ।
प्रतिक्रिया