+
Search

ताजा अपडेट +

पपुलर +

किन रोजे रामजीले छुल्ठिम गुरुङ्लाई ‘बन फूलमा’ {भिडियो}

4KNationalDaily
२०७६ बैशाख २, सोमबार २३:१३ बजे

काठमाडाैं- दर्शक श्रोतालाई नया स्वाद दिने नाममा सुन्नै नसकिने शब्द चयन गरेर पछिल्लो समय गीतहरु बजारमा आएका छन ।

लोक गीतले जहिले मौलिकपन बोक्नुपर्छ, गाउबस्ती को भावना बोक्नुपर्छ भन्ने मान्यता को साथ बजारमा नयाँ लोकदोहोरी गीत ‘बनफूल’ बजारमा आएको हाे ।

लोकप्रिय गायक रामजी खाण र शिला गुरुङको आवाज रहेको बनफूलको शब्द सुजन लम्सालले गरेका हुन् भने सङ्गीत भने स्वयं रामजी खाणले भरेका छन । शिव बिकको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियोमा रामजीलाई साथ नायिका छुल्ठिम गुरुङले दिएकी छिन ।

दरौदिको पानीले हुर्किएकि म, मायाले दिएको सिरौला जस्ता गीतबाट दर्शक श्रोताको मनमुटुमा बस्न सफल शिला गुरुङ बन फूलले झन थप उचाईमा पुग्नेमा बिस्वस्थ छिन ।

गायन र मोडलिङलाई सन्तुलित रुपमा अघि बढाईरहेका रामजी खाण यो क्षेत्रको बहुचर्चित स्थापित कलाकारको रुपमा चिनिन्छ । मिजासिलो स्वभावको खाणले यो गीतमा नोभेम्बर रेन, नेप्टे डायरीको नायिका छुल्ठिम गुरुङसङ्ग उत्कृष्ट कला प्रदर्शन गरेका छ्न ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily