गाेरखा- गोरखाको दरौँदी नदिमा ¥याफ्टिङ सञ्चालनका लागि परिक्षण भएपिछ पहिलाेपटक सिजनल ¥याफ्टीङ हुनेभएकाे छ। रोट्रयाक्ट क्लव अफ गोरखाले दरौँदी नदीमा पहिलो सिजनल ¥याफ्टीङ गर्ने भएको हाे ।
क्लवले यही भदौ १५ र १६ गते दरौँदी नदीमा सिजनल ¥याफ्टीङ गर्ने लागेकाे जनाएकाे छ। क्लवले गोरखामा पर्यटनहरुको आकर्षण बढाउने उदेश्यले सिजनल ¥याफ्टीङ थर्न लागेको क्लवका अध्यक्ष दिपेश सिंह बस्नेतले जानकारी दिए ।
गोरखा नगरपालिकाको समन्वयमा क्लबले दरौँदी नदिमा सिजनेवल रयाफ्टिङको सम्भाब्यताको सुरुवात आरम्भ गरेको थियाे ।
‘गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि हामीले यहाँ ¥याफ्टिङ सञ्चालन गर्न लागेका हौँ’ उनले भने ‘गोरखा घुम्ने अनि ¥याफ्टिङ गर्न भने बाहिर जानेहरुलाई गोरखामा नै त्यो सुविधा हामीले दिन लागेका हौँ ।
यसले गोरखाको पर्यटन क्षेत्रमा केहि हद सम्म भनेपनि टेवा पुग्ने रोट्रयाक्ट क्लब अफ गोरखाको रहेको छ ।’ दरौँदी नदिमा पानीको बहाव उच्च रहने समय तथा बर्खायाम सँगै दशैँ तिहार सम्म ¥याफ्टिङ गर्न लागेको उनले बताए ।
यस्तै परिक्षणको क्रममा दरौँदी नदिमा अहिलेको अबस्थामा ¥याफ्टिङ गर्न सकिने माझिले जानकारी दिएपछि थप सम्भावनाको खोजी गर्न १४ फिटे, १८ फिटे डुंगाहरु चलाइएको हो ।कायाक परिक्षण गर्दा भने ‘१५ देखि २० ठाउँ सम्म ¥यापिड (छाल आउने ठाउँ) फेला परेको बताइएको थियो ।
‘हामी गोरखामा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउन खोजि रहेका छौँ’ उनले भने, ‘त्यसैले हामीले दरौँदी नदीमा सिजनल ¥याफ्टीङ सञ्चालन गर्न खोजेका हौँ । जसबाट केही युवाहरुलाई रोजगार पनि हुने भयो साथै जिल्लामा पर्यटकहरुको पनि बृद्धि हुनसक्छ ।’
¥याफ्टीङ गर्नका लागि सम्पूर्ण खर्च सहित प्रतिब्यक्ती दुई हजार रुपैँया लाग्ने उनले बताए ।
‘हामीले सेवा ग्राहीहरुका लागि रात्रिकालीन बस्योबस को व्य्वस्था समेत गरेका छौँ’ उनले भने, ‘यस कार्यक्रममा एक रात बास र एकदिन प्याकेच मा गरि छुट्टा छुट्टै दरमा रकम तिर्नुपर्छ ।’ ¥याफ्टीङ गर्न आउनेहरुलाई खाना तथा यातायात सम्पूर्ण सुबिधा रहेको उनले बताए ।
प्रतिक्रिया