गोरखा– जिल्लाकै सर्वाधिक पुरस्कार रासी भएको पाँचौ गोरखकाली रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनले चुमेको छ ।
सोमबार सम्पन्न भएको फाइनल खेलमा ट्राइव्रेकरमा ९–८ गोलअन्तरले नख्खीपोट युथ क्बल ललितपुरलाई हराउदै त्रिवेणी युथ क्लबले उपाधी चुम्न सफल भएको हो ।
प्रतियोगिताको निर्धा्रित समयमा दुवै पक्षबाट २–२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । कुल ६० मिनेटको खेल अबधीको पहिलो हापमा त्रिबेणी युथक्बलले नख्खीपोट युथ क्बलका डिफेन्डरहरुको कमजोरी फाइदा उठाउदै बललाई जाली चुमाउन सफल भएका थिए ।
निक्कै प्रतिस्र्धात्मक खेलमा पहिलो हापमा त्रिवेणी युथ क्लबले २ –१ को अग्रता कायम गरेको भएपनि त्यसलाई जोगाउन नसक्दा नख्खीपोटले खेललाई बराबरीमा पु¥याउन सफल भएको थियो । खेल बराबरीमा टुङिगएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
अघिल्लो बर्ष पनि उपबिजेतामा चित्त बुझाएको नख्खी पोट युथ क्लबले पराजयभए संगै यो सिजनमा पनी उपबिजेतामा चित्त बुझाउन बाध्य भएको हो । प्रतियोगितमा उपाधी चुमे संगै त्रिबेणी युथ क्लब मुग्लीनले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गरेको भने उपबिजेता नख्खीपोट युथ क्बलले नगद १ लाख ५० हजार सहित मेडल र प्रमाण प्राप्त गर्न सफल भएको छ ।
हिजो भएको सेमीफाइनलमा खेलमा बिजेता त्रिवेणी युथ क्बल मुग्लीनले एएफसी रियल्ली भक्तपुरलाई हराएर सेमीफाइनलमा पुगेको थियो भने नख्खीपोट युथक्लब ललितपुरले गोरखाकाली युथक्लब दरवार मार्गलाई हराएर फाइनल पुगेको थियो ।
प्रतियोगितामा सेमीफाइनलमा पुग्न सफल एएफसी रियल्ली भक्तपुर र गोरखकाली युथक्लब दरवार मार्गले पनि नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितको बिजेता टिमहरुलाई आज एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । हरमटारी स्थित खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा गोरखा सहित काठमाण्डौ, धादिङ, ललितपुर, चितवन, संखुवासभा, तनहुँ लगायत स्थानीय क्लबहरुले सहभागिता रहेको थियो ।
‘गोर्खाली कप गोर्खालीको सान, समग्र जिल्लाको खेलकुद विकास गर्ने हरमटारी क्लबको अभियान’ भन्ने मुल नाराका साथ हरमटारी युवाक्लबले गएको ५ बर्षदेखि लगातार हरेक बर्ष गोरखकाली रनिङकप फुट प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया