+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा–२ : ‘हेभीवेट’ नेताको जुधाइ, कसले मार्ला बाजी ?

4KNationalDaily
२०७४ कार्तिक १७, शुक्रबार २०:५९ बजे

गोरखा– गोरखा क्षेत्र नम्बर २ मा देशका ‘हेभीवेट’ नेताहरू नयाँ शक्ति, नेपाली कांग्रेस गठबन्त्रनबाट डा बाबुराम भट्टराई र माओवादी केन्द्र, एमाले गठबन्त्रनबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेपछि अहिलेको चुनावमा चर्चित बनेको छ ।

बाबुरामले जित्ने या नारायणकाजीले जित्ने सम्बन्धमा सबैका आ-आफ्नै बुझाइ र धारणा छन् । नेताहरूले पनि आ-आफ्नो पक्षमा माहौल सिर्जना गर्ने प्रयास गर्नु स्वाभाविक नै मानिन्छ ।

भट्टराई र श्रेष्ठका पुराना तिता अनुभव, वाम गठबन्धनमा बाबुरामको अचानक प्रवेश र बहिर्गमनले पनि नेताहरूको भिडन्त अझ रोचक बनेको छ ।

हिजो मात्रै भट्टराईले आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको भन्दै नेता नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै भने, ‘उहाँ माओवादी होइन । उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।’ शान्ति प्रक्रिया आफ्नो पहलमा भएको भट्टराईको भनाइ थियो ।

बाबुराम भट्टराई आफू माओवादीमा नरहेपछि पनि माओवादीको जनमत आफ्नो पोल्टामा पार्न यस्तो भनेका हुन् सक्छन् तर, के उनीलाई अझै आफूलाई माओवादी आन्दोलनको घाइते तथा सहिद परिवारको भोट माग्ने अधिकार छ ? भट्टराई देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली कांग्रेस बिचको गठबन्धनले जित्नुपर्ने बताउँदै गोरखा हिँडेका छन् ।

प्रधानमन्त्री हुँदा आफूले विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको भट्टराईले बताएका छन् । उनलाई प्रधानमन्त्री बनाउने पार्टी तत्कालीन नेकपा माओवादी थियो । उनी तत्कालीन अवस्थामा नेकपा माओवादीका तत्कालीन उपाध्यक्षहरू मोहन वैद्य र नारायणकाजी श्रेष्ठको प्रयास पछिको धोवीघाट गठबन्धनले आफू प्रधानमन्त्री बनेका हुन् ।

भट्टराईले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सर्वाधिक ४६ हजार मत प्राप्त गरेका थिए । भने दोस्रो संविधान सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भए पनि रुपन्देही ४ बाट हार व्यहोरेका थिए ।

श्रेष्ठ पहिलो संविधान सभामा माओवादी पाटीमा थिएन । यी २०६५ मा माओवादी पाटीमा एकता प्रक्रियाबाट आएका थिए । २०७० सालमा हेटौडामा रूपचन्द्र विस्ट्रको क्षेत्रबाट निर्वाचन लडेता पनि निराशाजनक हार व्यहोर्नु परेको थियो ।

उनलाई गोरखा २ जित्न सौरपानी गाउँपालिका र अजिरकोट गाउँपालिकामा कम मत आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily