+
Search

ताजा अपडेट +

पपुलर +

२७ मतकेन्द्रमा हेलिकप्टरद्धारा निर्वाचन सामाग्री पुगे

4KNationalDaily
२०७४ मंसिर ७, बिहीबार १९:३३ बजे

गोरखा- उत्तरी गोरखाका २७ मतदान केन्द्रमा हेलिकप्टरबाट मतदान सामग्री लगिएको छ । विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो ।

चुमनुब्री गाउँपालिकाको २० र धार्चे गाउँपालिको ७ मतदान केन्द्रमा मंगलबार सामग्री पुर्याइएको हो । मतदान अधिकृत बाहेकका कर्मचारी र सुरक्षाकर्मी भने मङ्सिर २ गते पैदलै त्यसतर्फ गएका हुन् ।

ती केन्द्रहरूमा पुग्न सदरमुकाम गोरखा बजारबाट ३ देखि बढीमा ७ दिनसम्मको पैदलयात्रा गर्नु पर्छ । निर्वाचन सकिएपछि मतपेटिका पनि हेलिकप्टरबाटै सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

‘हेलिकप्टर मार्फत लैजानु पर्ने सबै ठाउँमा आवश्यक सामाग्री पु¥याईसकेका छौ’ जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने । बुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत काशीगाउँ, खोर्लाबेसी, सिर्दीबास, छेकम्पारका मतदानकेन्द्रका लागि मतपेटिका, मतपत्र र अन्य सामाग्री लगिएको हो ।

यसैगरी प्रोकको नामुरुङ, छेकम्पार पनि बुधबार नै हेलिकप्टर मार्फत लगिएको छ । ‘चुमनुब्री र धार्चेका सबै मतदान केन्द्रहरुमा आवश्यक सामाग्री र कर्मचारी साथीहरु पुगिसक्नु भएको छ’ सापकोटाले भने ।

२८२ मतदान केन्द्र रहेको गोरखामा सुगम क्षेत्रका १३१ मतदान केन्द्रमा आज सामाग्री लैजाने तयारी छ । आजबाट जिल्लाका सबै मतदान केन्द्र र स्थलमा खटिएका कर्मचारी आवश्यक सामाग्री सहित पुग्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

हेलिकप्टर मार्फत मतदान सामाग्रीको ढुवानीको क्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी, जिल्ला निर्वाचन अधिकारी सापकोटा लगाएको टोलीले त्यहाँका मतदान केन्द्रहरुको निरिक्षण एवं अवलोकन समेत गरेको छ ।

चारकिल्ला तोकेको, मौन अवधी शुरु भएको, शान्ति सुरक्षा र मतदान केन्द्रको ३ सय मिटर भित्र मादक पदार्थ बिक्रि बितरण रोक लगाउने सुचना प्रकाशन गरी सर्बसाधरणलाई जानकारी गराउनु पर्छ ।

मतदान सकिएकपछि मुख्य निर्वाचन अधिकृतको कार्यलय गोरखामा सबै मतपत्र ल्याइने छ भने मतपत्र राख्ने ठाँउमा सिसिटिभि राखिने छ । गोरखा सहित ३२ वटा जिल्लामा मंसिर १० गते निर्वाचन हुदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily