गोरखा- साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी हुन सकेको छैन ।
पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक गोरखामा प्याराग्लाइडिङ परीक्षण सुरु भएको छ । रोट्याक्ट क्लव गोरखाले गोरखा नगरपालिकाका र्आिर्थक संयोजनमा गोरखा नगरपालिका–६ कुईभिरबाट छेवेटारसम्म परीक्षण गरेको हो । नगरपालिकाको ५ लाखमा गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण गरिएको हो ।
परिक्षणका लागि बाबु इड्चेन्चर स्कुल प्रा.लि स्वरेक स्यांङजाले पाएको छ । उसले ४ दिनसम्म दैनिक १२ बजेदेखि २ बजेसम्म उडान गर्न पाउँछ । नागरीक उड्यान प्राधिकरण प्रधान कार्यलयको पत्र अनुसार उसले कुईरेभिरबाट छेवेटारमा गएर ल्याड गनुपर्ने हुन्छ ।
‘गोरखा ऐतिहासिक जिल्ला हो, ठाउँ पनि राम्रो छ’ उडानमा सहभागी पाइलट पवन शर्माले भने ‘छोटो उडानको राम्रो सम्भाव्यता छ ।’ बिहीबार ४ जना पाइलटहरुले गोरखा नगरपालिका वडा नम्बर ५ सतिपिपिपल डाँडा बाट परिक्षण उडान गरेका हुन् ।
परीक्षण गर्नका लागि करिब ४ हजार ६०० उचाई देखि १३ सय फिटसम्म लान पाउँछ ।
करिब डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ । पर्यटकको आवश्यकता र व्यावसायिक सम्भावनालाई मध्यनजर गरी प्याराग्लाइडिङलाई नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रुपमा विकास गर्न नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना अघि बढाएको छ ।
विना अनुमति प्याराग्लाइडिङको परिक्षण उडान
क्लवले गत हप्ता गोरखा नगरपालिकाको सतिपिपल र कुईरेभिरमा विना अनुमति परिक्षण उडान गरेको थियो । क्लवले गत हप्तामा नागरीक उड्यान प्राधिकरण प्रधान कार्यलयमा अनुमति लिनुपर्नेमा क्लव र नगरपालिकाले परिक्षण उडान गरेको थियो ।
तर, गोरखा नगरपालिकाका मेयर राजन राज पन्थ भने गत ९ गते क्लवले अनुमति लिएर नै परिक्षण उडान गरेको दावी गर्छन् । उनी भन्छन् ‘विना अनुमति हामीले परिक्षण उडान गरेका छैनौ, हामीले अनुमति लिएर नै गत ९ गते परिक्षण गरेका हौँ’ ।
परिक्षण उडान सफल भए अनुमति लिएर ब्यवसायीक रुपमै अघि वढाउने नगरपालिकाको योजना रहेको गोरखा नगरपालिकाका मेयर पन्थले भने । उनले आजको परिक्षण सोचेभन्दा राम्रो भएको भन्दै नगरपालिका भित्रका स्थानहरुको अध्ययन गर्ने योजना रहेको बताए ।
गोरखा बजारमा यस क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना रहेको छ, यस क्षेत्रमा नियमित रुपमा प्याराग्लाइडिङ भएमा जिल्लाकै पर्यटन विकासमा ठूलो टेवा पु¥याउने भएकाले नगरपालिकाले अहिले प्याराग्लाइडिङ परीक्षण अभियान शुरु गरेको हो ।
आठ देखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ गर्न सकिन्छ । यसका लागि हावाको तेज बहाव चाहिन्छ । यो मौसमी वातावरण गोरखामा रहेकाले समेत प्याराग्लाइडिङको कम्पनी खोलेर सञ्चालन गर्न सकिने छ ।
गोरखामा ऐतिहासिक पुरातात्विक महत्व बोकेका गोरखा दरबार, कालिका मन्दिर लगायतका सम्पदा तथा रमणीय स्थानहरु प्रशस्त माधामा छन् ।
प्रतिक्रिया