+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीयले भत्काए ‘स्ट्रोङ मेसिनरी वाल’

4KNationalDaily
२०७५ श्रावण ३, बिहीबार २३:२८ बजे

गोरखा- पालुङटार नगरपालिका वडा नं. १ र २ को सिमानामा रहेको पाउरोटी भण्डारबाट चापाभञ्जाङ जाने बाटोको चोकमा लगाएको स्ट्रोङ मेसिनरी वालको काम हचुवाको भरमा गरेको भन्दै स्थानिय वासिन्दाले भत्काएका छन् ।

पाउरोटी भण्डारबाट चापाभञ्ज्याङ जाने बाटोमा लगाईदै गरेको उक्त स्ट्रोङ मेसिनरी वालको स्टमेट स्थानिय बासिन्दालाई नदेखाइएको र वालमा गुणस्तरहिन सामग्रीको प्रयोग गरेको भन्दै आक्रोशित भएका सर्वसाधरणले गत बिहिबार वाल भत्काएका हुन् ।

१२ लाखको योजना रहेको उक्त वाल निर्माणको काम गर्नका लागी उपभोक्ता समिति गठन गरेको र उपभोक्ता समितिले काम गर्नका लागी नगरपालिकामा जाँदा आफुहरुलाई २५ गते भित्र तपाइहरुले काम गर्न सक्नुहुन्न यो काम मैले ठेकेदारलाई दिईसकेको छु भन्दै नगरपालिकाका इञ्जिनियर निरज देबकोटाले फर्काइदिएको पूर्व गाविस प्रतिनिधि समेत रहेका स्थानिय कृष्ण गिरीले जानकारी दिए ।

इञ्जिनियर देबकोटाले काममा अबरोध सृजना गरे योजना बन्द गरिदिने धम्की दिएको गिरीले बताए । स्थानीय प्रकाश न्यौपानेले जनप्रतिनिधिहरुले समेत जनताको गुनासो नसुनी कामको गुणस्तरीयतामा ध्यान नदिएको दुखेसो व्यक्त गरे ।

नगरपालिकाले समयमा योजनाको काम नगरेको र उक्त स्ट्रोङ मेसिनरी वालको वाहानामा नौ घर परिवारको तीन सय मुरी धान उत्पादन हुने खेत बाँझिने अबस्थामा पुगेको दुखेसो स्थानिय गोकर्ण आचार्यले गरे ।

किसानहरुको खेत बाँझो हुन लागेको र खेत नरोपिने अबस्था सृर्जना भएको प्रसंगमा वडा नं. १ का वडा अध्यक्ष कृष्ण परियारलाई जानकारी गराउँदा आफ्नो फुर्सद नभएको प्रतिक्रिया दिएर पन्छिन खोजेका छन् ।

पालुङार नगरपालिकाका नगरप्रमुख इं दिपक बाबु कंडेलले नगपालिकाले किसानको खेत बाँझो हुन नदिने भन्दै किसानलाई पाइपको व्यवस्था मिलाएर भए पनि खेत बाँझो हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

योजना अनुगमन समितिको संयोक समेत रहेकि उपप्रमुख पम्फा बसेलले स्थलगत अनुगमन गर्न जाँदा काममा गुँणस्तर नदेखेर बनेको संरचना भत्काएर गुणस्तरिय काम गर्न निर्देशन दिएको दावी गरिन् ।

उनले ’कुनै पनि योजनामा जनताले चासो राख्नु सकरात्मक कुरा हो, तर योजनाको नाममा कानुनलाई हातमा लिन खोज्नु गलत भएको बताईन्। उनले उक्त योजनामा ठेकेदारको हेलचक्¥याइ देखिएको समेत बताईन् ।

नगरपालिकाका इञ्जिनियर निरज देबकोटाले भने एउटा योजनामा दुई वटा उपभोक्ता समिति बनेर आएकोले नगरप्रमुख सहभागीतामा ठेक्का दिएको बताए ।

हेब्बी स्टक्चरको काम गर्न उपभोक्ता समितिलाई गाह्रो हुने हुँदा नगरपालिकाले उक्त काम ठेक्का दिएको इञ्जिनियर देबकोटाको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily