काठमाडाैं- जापानमा बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ।
विगत १२ वर्ष देखि जापानमा बस्दै आएका गायक राजिव लामा गायक हुनुका साथ साथै जापानहुने धेरै जस्तो नेपाली कार्यक्रमका आयोजक टिमको सदस्य समेत हुन।
यसअघि ‘जाऊ जाऊ साथी रेलैमा’, ‘वन लभ’, ‘टोक्यो शहरमा’ गीतहरु सार्वजनिक गरिसकेका गायकले यसपटक छुट्टै जनरा लोक-हापमा ‘कान्छी सुनन’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन।
आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भञ्ज्याङ् र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छी लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।
नेपाली ठेठ शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द , संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ। गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन।
भिडियाे
प्रतिक्रिया