+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका दुर्इस्थानमा शक्तिशाली प्रेशर कुकर बम, विप्लव माओवादीले राखेको आशंका

4KNationalDaily
२०७५ फाल्गुन ३०, बिहीबार १७:५४ बजे

गोरखा- जिल्लाका दुर्इ स्थानमा  बम फेला परेको छ । गाेरखा नगरपालिकाकाे बजार क्षेत्रकाे भिआईपी टोलर बुधबार राती १२ किलोमा शक्तिशाली प्रेशर कुकर बम फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलका अनुसार फेला परेको बम निष्कृय बनाउनका लागि नेपाली सेनाको टोली परिचालन गरीएको छ । विप्लव माओवादीले बिहिबार गरेको नेपाल बन्द सफल पार्नका लागि बम राखेको आशंका प्रहरीले गरेकाे छ ।

१२ किलोमा भएको बम सामान्य भएको भन्दै सडक देखी जोडीएको जंगलमा त्यसै फालिदिएको र गोरखा बजार क्षेत्रमा फेला परेको बम शक्तिशाली हुन सक्ने भन्दै नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।

मुख्य सडक संगै राखीएको उत्त बमका कारण वरपर रहेका वस्तीका सर्व साधारण त्रसित भएका छन । बम रहेको जानकारी बिहान सडक हिडने सर्व साधारणले प्रहरीलाई दिए पछि उत्त स्थानमा नेपाल प्रहरी र शसत्र प्रहरीले सुरक्षा दिई रहेको थियो ।

यसै बिच आज गोरखा सदरमुकाम भएर देशको विभन्न भागमा जाने कुनै पनि सार्वजनिक र निजी सवारी साधान चलेको छैन भने बजार पुर्ण रुपमा बन्द छ । बिहानै देखी सञ्चालन हुने कलेज तथा निजी स्कुल समेत बन्द भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily