+
Search

ताजा अपडेट +

पपुलर +

डि मारिया र नेइमार फर्किएपछि पिएसजीलाई फ्रेन्च सुपरकपको उपाधि

4KNationalDaily
२०७५ श्रावण २०, आईतवार २२:५२ बजे

एजेन्सी- चीनको सेन्जेनस्थित युनिभर्सियाड स्पोर्टस् सेन्टरमा भएको फाइनलमा एएस मोनाकोलाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको छ । नेयमार र डि मारियाको पुनरागमन पछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपरकपको उपाधि जितेको हो।

पिएसजीलाई जिताउन एन्जल डि मारियाले दुई तथा क्रिस्टोफोर कुन्कु र टिमोथी वेथले एक-एक गोल गरे। पहिलो हाफमा २ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल थपेको थियो।

खेलको ३२ औं मिनेटमा डि मारियाको गोलबाट अग्रता लिएको पिएसजीले ३९ औं मिनेटमा क्रिस्टोफोरको गोलपछि पहिलो हाफमा २–० को अग्रता बनायो।

खेलको ६७ औं मिनेटमा युवा खेलाडी टिमोथीले गोल गर्दै खेललाई ३-० को अग्रतामा पुर्‍याए। त्यसपछि डि मारियाले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाउँदै च्याम्पियन बनाए।

क्लबका लागि फेब्रुअरी पछि पुनरागमन गरेका नेयमारले यो खेलमा भने गोल गर्न सकेनन्। उनले करिब १५ मिनेट मैदानमा बिताएका थिए।

खेलको ७६ औं मिनेटमा मार्को भेराट्टीको स्थानमा मैदान प्रवेश गरेका नेइमार विश्वकपपछि पहिलोपटक मैदान उत्रिएका हुन् ।

यस्तै नवनियुक्त प्रशिक्षक थोमस टचेलले क्लबको डेब्यू म्याचमै खेल जितेर सिजनको पहिलो उपाधि जित्न सफल भए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily