+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा तीन सय टन अदुवा उत्पादन, वोर्लाङ्गमा मात्रै डेढ सय टन

4KNationalDaily
२०७१ चैत्र २७, शुक्रबार ११:३२ बजे

गोरखा- यस वर्ष गोरखामा तीन सय टन अदुवा उत्पादन भएको छ । जिल्लामा उत्पादन भएको आधाभन्दा वढी झण्डै एक सय पचास टन भन्दा वढी अदुवा भने वोर्लाङ्ग गाविसमा मात्रै उत्पादन भएको छ ।

वोर्लाङ्गका विभिन्न वडामा गरी झण्डै एक सय पचास रोपनीमा व्यवासायिक अदुवा खेती हुने गरेको अदुवा किसान राम कुमार श्रेष्ठले  वताएका छन् ।

परिमाणमा गत वर्षको तुलनमा यस वर्ष जिल्लामा झण्डै पचास टन वढी अदुवा उत्पादन भएको छ । उत्पादनमा वढी भए पनि मुल्य भने किसानहरुले यस वषृ गत वर्षको तुलनामा कमी भएको किसानहरुले गुनासो गरेका छन् ।

गत वर्ष वारीमा अदुवा प्रति किलो पचास देखि अन्ठाउन्न सम्म पाएकोमा यस वर्ष भने मुल्य घटेर ४५ देखि ५२ रुपैया प्रति किलो मात्रै किसानले मुल्य पाएका  श्रेष्ठले वताए ।

मुल्य घटेपछि किसानहरु भने निरास भएका छन् । गोरखामा उत्पादित अदुवा भारतमा निर्यात हुने गरेको छ भने थोरै परिमाणमा सुठो वनाउन देशभित्रै पनि खपत हुने गरेको छ ।

जिल्लामा उत्पादित अदुवाको निर्यात समेत गर्दे आएका अदुवा किसान समेत रहेका वोर्लाङ्गका वुद्धि श्रेष्ठका अनुसार भारतमा अदुवाको उत्पादनमा वृद्धि हुँदा त्यस्को असर गोरखामा समेत देखिएको हो ।

‘भारत सरकारले गत वर्ष अदुवामा दिएको सहुलियतका कारण भारतमा अदुवा उत्पादन वुद्धि हुँदा भारतीय वजारमा पनि मुल्य घटेको कारण पनि गोरखाको अदुवाले उपयुक्त मुल्य नपाएको हो’ श्रेष्ठले वताए ।

गोरखाको वोर्लाङ, वुकोट, अश्राङ, छोप्राक, ताप्ले लगाएतका गाविसमा व्यवसायिक रुपमा अदुवा खेती गरिदै आइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily