+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र ‘समर लभ’ को साया गित सार्बजानिक, मनै लोभ्याउने दृश्यमा आशिष र रेवतिको रोमान्स

4KNationalDaily
२०७५ मंसिर १७, सोमबार १८:४० बजे

गाेरखा– चलचित्र ‘सभर लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘साया’ बोलको गीत सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र निर्माण गरिएको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको यो गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत छ ।

सार्वजनिक रोमान्टिक गीतमा आशिष र रेवतीको रोमाञ्चक अवतार देख्न सकिन्छ । चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा मुस्कान ढकालको निर्देशन रहेको छ सुरज सिंह ठकुरी, नम्रता सापकोटाको पनि मुख्य भूमिका छ । सुनिको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा दिएका छन् भने संवादमा सामिप्य र सुविनले काम गरेका छन् ।

नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

भिडियाे

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily