+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका सिडियाे र एसपीकाे काज सरुवा: मनमुटाव भएपछि एसपीलाई प्रधान कार्यालय, उपहार स्वरूप सिडियाेलाई पर्सा प्रशासन

4KNationalDaily
२०७५ मंसिर १५, शनिबार १०:२८ बजे

गाेरखा– गृहमन्त्रालयले गाेरखाका प्रमुख जिल्ला अधिकारी (सिडियाे) र प्रहरी उपरीक्षक (एसपी)काे काज सरूवा गरेकाे छ ।

प्रहरी नियमावली २०७१ अनुसार सरुवा भएको मितिले एक वर्ष नपुगी सिनियर अफिसरहरूलाई सरुवा गर्न नसकिने व्यवस्था हुदाहुदै उनीहरूकाे सरूवा भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेत प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । जिल्लाको कमान्ड सम्हालेको करिब ६ महिना पुग्दा नपुग्दै प्रधान कार्यालय तानिएका बस्नेतको ठाउँमा प्रहरी एकेडेमीका अर्का प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईलाई पठाइएको छ ।

गोरखाका सिडियाे नारायण भट्टराईसँग एसपी बस्नेतको मनमुटाव भएपछि उनको आग्रहमा गृहसचिव प्रेमकुमार राईले बस्नेतलाई प्रधान कार्यालयमा तान्न प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई दबाब दिएका थिए ।

गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार सचिव राईले नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी उपहार दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily