मानव जातिको उत्पत्ति भएको करिब एक लाख वर्ष मानिन्छ। मानव समाज र सभ्यताको विकास भएको चाहिँ पाँच हजार वर्ष भएको मानिन्छ। आज २१ औ सताब्दि, चौथो औद्योगिक क्रान्तिको युगका मानवजाती भित्रको हामी नेपाली हाम्रो इतिहासको काल खण्डमा भएको सकारात्मक पक्षले अहिले सम्म हामी गर्वले छात्ती चौडा पारेर बिश्व सामु चिनियका छौ।
हामी भित्रको म यहि नेपाली समाजकै अति सामान्य किसान परिवारको छोरो र शिक्षाको हिसाबले पनि उच्चमाध्यमिक शिक्षा मात्र हासिल गरेको ब्यक्ति, परिवार ,समुदाय ,देश यदि समृद्ध बनाउनु छ भने पहिले हाम्रो सोच सकारात्मक,पछिल्लो ज्ञान र बिज्ञानको आबिस्कार बाट प्राप्त सैद्धान्तिक आधारशिल बैज्ञानिक सोच आवश्यक पर्ने रहेछ ।
चिन्तनलाई बिश्वास गर्ने भएको छु त्यही गरिब किसान परिवारको छोरो बाबुरामले लोकतान्त्रिककरण को चरण पूरा भएपछी नया सङ्कल्प गर्न खोज्दा मेरो अहिलेको समाजले रुचाएनन बिचार र दर्शनलाई धर्म शास्त्र मान्ने सोचले बाबुरामलाई बुझ्न सकियन पक्कै पनि हामी अहिलेको बिश्व भन्दा १० गुणा पछाडी छौ । सोच पनि त्यही राखी रह्यो ,हाम्रो समाज आजको दिन सम्म पनि कसैले केही नया कुरा गर्न खोज्यो नया सङ्कल्प सहित अगाडि बढ्यो भने पहिले सङ्का र षड्यन्त्रको सिकार हुन पुगेको नै छ।
हामि नेपालीको आर्थिक,सामाजिक सास्कृतीक हिसाबले जहाँ भएपनि सङका र षड्यन्त्र सहितको नकारात्मक प्रचार बाजि गर्नुपर्छ भन्ने मानसिकताको बिकास उच्च्तम बिन्दुमा पुगेको छ झनै बौद्धिक जगत भित्र पनि आफुलाइ प्राप्त समयको आधा अंश नकारात्मक टिका-टिप्पणीमा नै बितेको छ ।
हामिसामु बिश्वबजारको अत्यन्त प्रबिधी युक्त टेक्नोलोजी प्रयाप्त छ सहि प्रयोग गर्न सकेको भए आज हामी कहाँ हुने थियौ होला।हाम्रो आफ्नो सन्ततिले यहि नकारात्मक सोच पुरानो अति सुस्म दृस्ठिकोणको सिको गरे हामी कहाँ पुगौला हाम्रो पहिचान कुन अबस्थामा पुग्ला ??करिब ५० लाख नेपाली दाजुभाइ नेपाल भन्दा विकसित देशमा छौ सोचाइ उहि शङ्का र षड्यन्त्र कै आजको दिन सम्म त उन्नत विकसित सोच चिन्तन आउनु पर्ने होइन र ?
हाम्रो पहिचान बिर्सनु,धर्म,सस्कृती परम्परा बिर्सनु भन्न खोजेको होइन तर पुरानो रुढीबादि परम्परालाइ बिकसित र परिमार्जन/रूपान्तण गरौ सङ्किण मानसिकतालाइ बृहत बनाऔ भन्ने हो। हामी बिज्ञान भन्दा माथी रहेर आफ्नो हैसियत गुमाइ रहेउ ज्ञान र बिज्ञान भन्दा माथी कोहि हुन नसक्ने रहेछ भन्ने प्रष्ट उदाहरणले प्रमाणीकरण गरेको प्रमाण छ।
हाम्रो अति बिशिस्ट ब्याक्तित्वहरु प्रधानमन्त्री,मन्त्री संबैधानिक निकायका प्रमुख र सम्पूर्ण जनता सबै नकारात्मक प्रचार गरेर लोकप्रिय हुने मानसिकताले हामी पछाडि परेको हौ। लोकतान्त्रिक देशमा बिरोध हुनुपर्छ सरकार, सत्ता र कुनैपनी पार्टीको बिरोध नगरीनु लोकतान्त्रिक नै हुनसक्दैन यो सत्य हो ।
तर, अब बिरोध यसरी गरौ सकारात्मक चेतना बैज्ञानिक तबरको बिरोध गरौ टेक्नोलोजीको प्रतिस्पर्धा सैद्धान्तिक आधार तर्क सहित बिरोध गरौ अनावश्यक तथ्यहिन सम्वादले कदापी निष्कर्ष निक्ल्ने छैन हामी सबैलाई थाहा छ। हामिले हाम्रो भौतिक शरीर मात्र बद्ल्न सक्दैनौ, हाम्रो आचारण, शैली व्यबहार बदल्न सकिन्छ यो बैज्ञानिक आधार हो।
सबैभन्दा बढी झन सामाजिक संजालमा अत्यन्तै यसको बेथिति बढेको देखिन्छ।यस्ता बेथिति रुढीबादी सोचलाइ बिकसित बनाउने सङकल्प गरि स्पष्ट भिजन र मार्गदर्शन बोकेर जनयुद्ध र जनआन्दोलनको जगमा बिकास र समृद्धि हासिल गर्न सकिन्छ भन्ने ब्यक्ति बाबुराम गलत साबित हुन्छ!!
सकारात्मक सोच सहितको सङ्कल्प बिना परिवार,समाज र देश समृद्ध पक्कै हुदैन।हाम्रो प्राकृतिक साधन स्रोत र मानबिय साधन स्रोतको हिसाबले बिश्वको उत्कृष्ट १० धनी देश हुने रहेछौ यो बैज्ञानिकले भनेको सत्य कुरा हो हामी सबैलाइ थाहा छ तर उपयोग सुन्यतामा छ । एउटा सानो उदाहरण “जापानको हिरोसिमाना नाकासागीमा अमेरिकाको परमाणुले ध्वस्त हुदा जापानीहरुले अमेरिकालाइ धार्नेहात नकारात्मक प्रचारबाजि गर्दै चर्को स्वरमा बिरोधिको नारा लगाउदै बसेको भए ।
आज अमेरिकि राष्ट्रपति, संबैधानिक निकायको प्रमुख कार्यकक्षमा जापानीज ब्रान्डको “पानासोनिक टेलिफोन”, “सोनि टेलिभिजन” पक्कै हुने थिएन”। अब पनि हामीले पाठ नसिक्ने?? राष्ट्रियताको मुद्दा,होस या जनताको मौलिक अधिकारको मुद्दा यो कुनै एउटा पार्टीको,एक ब्यक्तिको हुन सक्दैन यो राष्ट्रिय मुद्दा हुनुपर्छ। राष्ट्रियताको बिषयमा छिमेकीलाई छुद्र बचनले चर्को स्वरमा गालि गरेर राष्ट्रिबादी हुनु भन्दा आफ्नो जनताको मौलिक अधिकार सुनिश्चित गरि देश र जनतालाई माया गरि देशभक्त हुनु राम्रो हुनेछ।
पहिले हाम्रो सोच दृस्ठिकोण परिवर्तन गरौ अनि परिवार ,समाज र देश परिवर्तन गर्ने सङ्कल्प गरौ के यो सोच राख्नु गलत हो??यिनै सोच राख्ने केही ब्यक्ति र बाबुराम गलत साबित हुन्छ्न। यिनै बाबुरामले प्रधानमन्त्री कालमा बिकास र समृद्धिको लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनको लागि लगानिको रातो कार्पेट बिप्पा सम्झौता’ (Bilateral Investment Promotion and Protection Agreement) गरे ।
यसलाइ बिबादास्पद बनाउने प्रयास गरियो ,मैले बुझ्दा भारतीय लगानीलाई सुरक्षाको ग्यारेन्टी गर्ने प्रावधान त्यसमा थियो।यसको त झन राष्ट्रिय रूपमैं विरोध भयो तर अहिले सबैको मुखमा अन्तर्राष्ट्रिय लगानी बिना बिकास असम्भव छ रे ।
अझै बाबुरामको बिरोध गर्न छोडेनौ, नेता त्यो हो, जसले भोलिको राजनीतिक र सामाजिक परिदृश्यको आजै आँकलन गर्न सक्छ र त्यसको तैयारी गर्न सक्छ। फराकिलो बाटो, मुस्ताङ गाड़ी र बिप्पाभित्र त्यसको प्रशस्त सङ्केत थियो भन्ने बल्ल मैले बुझ्दै छु।अहिले मेरो बुबाकै उमेर र मेरो उमेर समूहले नपचाएता पनि मेरो छोरिले यथार्थ ठान्ने छिन तर ढिलो हुनेछ !!!
अन्त्यमा सबैभन्दा गर्वलाग्ने कुरा हाम्रो भाषा, सस्कृति र हाम्रो उत्पादनको सुरुवात बिश्वमा नै अग्र स्थानमा रहेछौ तर आज प्राथमिकता के ?? उत्पादक शक्तिको वृद्धि र प्रचारप्रसारमा प्रबिधिको प्रयोग गर्ने बिसयमा ध्यान नपुग्दा आज यहाँ रहेछौ। पहिलो र दोश्रो पुस्ताले गरेको काम र कर्तव्यलाई आधार मानेर अब २१ औ सताब्दिको पुस्ताले रुपान्तरण गर्न सके अग्र स्थानमा नै रहने रहेछौ।
म एक सामान्य नागरिकको हैसियतले यो कुरा बोल्दा असान्दर्भिक लाग्न सक्ला बिश्वमापदण्ड अनुसार गरिबिको रेखामुनि रहेको हाम्रो देश र हामी ३ करोड नेपालीले अब विकल्प सोचौ पहिले जे भयो त्यो महत्त्वपूर्ण उपलब्धिको लागि जग बसेको छ भन्ने सोच राखौ बाबुरामलाई मन पराउनु पर्छ भन्ने होइन बाबुरामको सोच भन्दा अझ उन्नत र विकसित बनाउनु पर्छ ,गाली गलौचको भाषालाई मात्र परिवर्तन गरि गाली गर्नुको सट्टा आफ्नो सकारात्मक दृस्ठिकोण राखौ,गालीमा प्रतिस्पर्धा होइन सोच र बिचारमा प्रतिस्पर्धा गरौ
शंकर लामिछाने
सहिद लखन गाउपालिका ७, गाेरखा
हाल आबुधाबी
प्रतिक्रिया