+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले राजतन्त्रको पक्षमा काठमाडौंमा आज प्रदर्शन गर्दैछ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले राजतन्त्रको पक्षमा काठमाडौंमा आज प्रदर्शन गर्दैछ

4KNationalDaily
२०८२ बैशाख १५, सोमबार १७:४९ बजे

राप्रपा नेपालको प्रदर्शन काठमाडौंमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले राजतन्त्रको पक्षमा काठमाडौंमा आज प्रदर्शन गर्दैछ । संवैधानिक राजसंस्था, आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको रिहाई, निष्पक्ष छानबिन आयोग लगायत माग राखेर राप्रपाले नेपालले शान्तिबाटिकामा प्रदर्शनसँगै सभा गर्न लागेको हो । धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लगाउने गरी कानून बनाउने सरकारको तयारी रोक्न राप्रपा नेपालले माग गरेको छ । नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले गत चैत १५ गते तीनकुने आसपासमा गरेको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका नेताहरु पक्राउ परेका थिए । राप्रपा महामन्त्री धवलशमशेर राणा उपचारका लागि तत्काल रिहाइ भए पनि वरिष्ठ उपाध्यक्ष मिश्रसहितका २५ जनालाई थप ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ । यसैबीच राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट सहभागी हुने सो पार्टीले जनाएको छ । राप्रपा अध्यक्ष थापाको आग्रहमा अन्य राजावादी दलका नेताहरु सहभागी हुन लागेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । यता राष्ट्रिय शक्ति नेपालका अध्यक्ष विष्टले आस्थाका बन्दीहरुको रिहाईसहित राजसंस्था पुर्नस्थापनामा ऐक्यवद्धता जनाउनका लागि आफ्नो पार्टी पनि कार्यक्रम सहभागी हुने बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily