गोरखा भूकम्पको १० वर्ष पूरा, आज वैशाख १२ गते । २०७२ सालमा विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ भन्ने नारा सहित आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । । काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । बारपाक केन्द्र विन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो । भूकम्पमा परी २२ हजार तीन सय ९ जना घाइते भएका थिए । त्यस यता पनि ५ ओटा मझौला, ८ सय २० वटा साना, ५५ हजार पराकम्पन गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । नेपालमा सानासाना पराकम्पन दैनिक १२ पटक सम्म जाने गरेको केन्द्रले जनाएको छ । भूकम्पकीय जोखीमको हिसाबले नेपाल ११ औं नम्बरमा पर्छ । वि.सं २०७२ सालको शत्तिशाली भूकम्प पश्चात पनि नेपालमा मझौलास्तरका भूकम्प गईरहेका छन् । भूकम्पीय जोखीममा रहेपनि सरकारले आवश्यक तयारी नगरेको सरोकारवालाहरुको भनाई छ ।
आज वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा
आज वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा
२०८२ बैशाख १२, शुक्रबार ०९:५३ बजे

प्रतिक्रिया