+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चको आदेश : कक्षा १२ कोपरीक्षाअब नसार्नू

सर्वोच्चको आदेश : कक्षा १२ कोपरीक्षाअब नसार्नू

4KNationalDaily
२०८२ बैशाख ११, बिहीबार २१:३१ बजे

११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो । ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएकोछ ।

शिक्षकहरुको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily