+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुल प्रिमियर लिगको उपाधि नजिक ट्रेण्ट अलेक्ज्याण्डर

लिभरपुल प्रिमियर लिगको उपाधि नजिक ट्रेण्ट अलेक्ज्याण्डर

4KNationalDaily
२०८२ बैशाख ८, सोमबार १३:३४ बजे

लिभरपुल प्रिमियर लिगको उपाधि नजिक ट्रेण्ट अलेक्ज्याण्डर–अर्नोल्डको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई पराजित गरेको छ । किङ्ग पावर स्टेडियममा भएको पछिल्लो खेलमा लिभरपुलले घरेलु टोली लेस्टरलाई १–० गोलले हराएको हो । यो जितपछि लिभरपुल प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । अर्नोल्डले खेलको ७६ औं मिनेटमा गरेको एक मात्र गोल लिभरपुलको जितमा निर्णायक बन्यो । पराजित लेस्टर रेलिगेसनमा धकेलिएको छ । यो नतिजासँगै लिभरपुलले तालिकामा १३ अंकको दूरी बढाएको छ । शीर्ष स्थानको लिभरपुलको ३३ खेलबाट ७९ अंक भएको छ । आर्सनल समान ३३ खेलबाट ६६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । लेस्टर सिटी भने १८ अंकसहित तालिकाको १९ औं स्थानमा छ । लिभरपुलले अब अर्को खेलमा टोटनह्याम विरुद्ध खेल्नेछ । यद्यपि, पर्सि बुधबार हुने खेलमा क्रिस्टल प्यालेससँग आर्सनल पराजित भएको खण्डमा लिभरपुलले उपाधि जित्नेछ । अर्को समाचार प्रिमियर लिगको अर्को खेलमा आर्सनलले इप्सविच टाउनलाई पराजित गरेको छ । लियान्द्रो ट्रोसाडको २ गोल मद्दतमा आर्सनलले १० खेलाडीमा सीमित इप्सविच टाउनलाई ४–० ले हराएको हो । आर्सनलका लागि गेब्रियल मार्टिनेली र इथन नवानेरीले समान एक–एक गोल गरे । खेलको ३२ औं मिनेटमा बुकायो साकामाथि ट्याकल गरेपछि इप्सविच टाउनका लेइफ डेभिसलाई रातो कार्ड देखाइएको थियो । यो नतिजापछि दोस्रो स्थानको आर्सनलको ६६ अंक भएको छ । इप्सविच भने २१ अंकका साथ तालिकाको १८ औं स्थानमै रह्यो । अन्य खेलमा चेल्सीले फुलह्यामलाई २–१ गोलले हराउँदा म्यानचेस्टर युनाइटेड भने उल्भ्ससँग १–० ले पराजित भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily