बृद्धाश्रम उपयोगविहीन बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो । परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाको संरक्षणका लागि पालिकाले वृद्धाश्रम निर्माण गरेपनि अहिलेसम्म कोही पनि आश्रय लिन नआउँदा सञ्चालन नभएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनु भयो । करोडौं खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरी छोड्नुभन्दा केही समयका लागि सो भवन मानवसेवा आश्रमलाई सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकाको दुई करोड २६ लाख ५ सय ४९ रुपैयाँमा सुविधायुक्त आश्रम निर्माण गरिएको हो ।
बागलुङ नगरपालिका–४ नियरघाटमा बृद्धाश्रम उपयोगविहीन
बागलुङ नगरपालिका–४ नियरघाटमा बृद्धाश्रम उपयोगविहीन
२०८२ बैशाख ८, सोमबार १३:३० बजे

प्रतिक्रिया