+
Search

ताजा अपडेट +

पपुलर +

बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोगले सुझाए

4KNationalDaily
२०८२ बैशाख ८, सोमबार १३:२३ बजे

बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोगले सुझाए पूर्वनिर्धारित सिलिङ र आगामी वर्ष आवश्यक पर्ने अनिवार्य दायित्वका लागि स्रोत सुनिश्चित गरेर मात्र बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोगले सुझाएको छ । बजेट सिलिङभित्र रहेको बजेटका आधारमा मात्र आयोजना प्राथमिकीकरण तथा पुनः प्राथमिकीकरण गर्नुपर्ने आयोगले सुझाएको हो । आयोगका उपाध्यक्ष शिवराज अधिकारीले हिजो उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई आर्थिक वर्ष २०८२÷८३ को बजेटको नीतिगत तथा कार्यक्रमगत छलफल प्रतिवेदनमा बुझाउनु भएको थियो । प्रतिवेदनमा अपेक्षित खर्च हुन नसकेका कार्यक्रमको बजेटको अंश उल्लेख्य कटौती गरेर भएपनि आगामी बजेटमा न्यून स्रोतको समस्या न्यूनीकरण गर्नुपर्ने उल्लेख छ । आगामी बजेटका लागि समग्र स्रोतको सीमा न्यून हुन गएकाले त्यसको समुचित व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily