+
Search

ताजा अपडेट +

पपुलर +

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ

4KNationalDaily
२०८२ बैशाख ६, शनिबार १२:३६ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनको प्रक्रिया शुरु गरिएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । कर्णले नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद गर्न नसकिने बताउनुभएको छ । उद्योगका समस्या समाधानमा सरकारले सघाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily