+
Search

ताजा अपडेट +

पपुलर +

नागढुंगा–मुग्लिन सडक सुस्त-नारायणगढ–बुटवल सडकखण्ड सर्वसाधारणले निकै सास्ती

नागढुंगा–मुग्लिन सडक सुस्त-नारायणगढ–बुटवल सडकखण्ड सर्वसाधारणले निकै सास्ती

4KNationalDaily
२०८२ बैशाख ६, शनिबार १२:२२ बजे

नागढुंगा–मुग्लिन सडक सुस्त नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड विस्तारको काम निर्धारित मितिमा सम्पन्न नहुने देखिएको छ । सम्झौता अनुसार आगामी पुस १४ भित्रै नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड विस्तारको काम पूरा हुनुपर्नेछ । मलेखुदेखि मुग्लिनको ३९ किलोमिटर सडक विस्तारको काम ३६ महिनाभित्र सक्ने गरेर सन् २०२२ डिसेम्बर ३० मा सम्झौता भएको थियो । तर, ठेक्काको म्याद सकिन साढे ७ महिनामात्रै बाँकी रहँदा २६ प्रतिशत मात्रै काम भएको छ । सडक विस्तारको कामले गति नलिँदा धूलो र खाल्डो हुँदा यात्रा निकै सकस हुने गरेको छ ।

अर्को समाचार

दाउन्नेमा सर्वसाधारणलाई निकै सास्ती यस्तै, निर्माण कम्पनीको लापरबाही लगायत कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा सर्वसाधारणले निकै सास्ती बेहोर्नु परेको छ । बुटवल–नारायणगढ सडक विस्तार सुरु भएदेखि नै दाउन्ने खण्डमा आवागमन समस्या हुँदै आएको छ । हिउँदमा धुलाम्य बनेको सडक केही दिनयता भने वर्षाले हिलाम्य भएपछि सवारी आवागमनमा सकस भएको छ । हिलोका कारण सानाठूला सवारी चल्नै सकेका छैनन् । दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ५÷६ घण्टा लाग्ने गरेको छ । सडक विस्तारको अनुगमनमा हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि चार घण्टा भन्दा बढी जाममा पर्नु भएको थियो । सवारी जाम हटाउन कुनै पनि उपाय नभएपछि मन्त्री दाहालले दाउन्नेमा सडक तत्काल मर्मत गर्न ठेकेदार र सडक विभागलाई निर्देशन दिनु भएको छ । मन्त्री निर्देशनपछि दाउन्ने खण्डको सडक तत्काल सम्याउँदै ग्राभेल थपेर आवागमन सहज बनाउन ठेकेदार सहमत भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । सो खण्डको १४ किलोमिटर सडक बनाउन वर्षौ हुँदा पनि अझै सकिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily