+
Search

ताजा अपडेट +

पपुलर +

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

4KNationalDaily
२०८२ बैशाख ३, बुधबार ०९:१२ बजे

३ वैशाख, बुटवल ।मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएको वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए।

बेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन्। विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए।

घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिका– १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए। उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गएराति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको वडाध्यक्ष कुमालले बताए।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily