काठमाडौं । माग पुरा गराउन दबाब दिदै आएका शिक्षक तथा विद्यालय कर्मचारीले नयाँ वर्षमा पनि आन्दोलन जारी राख्ने भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत उनीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताउनु भयो । माग पूरा नभएसम्म पर्व या विशेष दिनको बहानामा आन्दोलन नरोक्ने सुवेदीले बताउनु भयो । उनीहरुले माग पुरा नभएसम्म सडक नछाड्ने बताउदै आएका छन् । जिल्ला जिल्लाबाट थप शिक्षक कर्मचारीलाई काठमाडौं ल्याउने क्रम जारी रहेको भन्दै सुवेदीले सरकारसँग आफ्ना न्यायिक माग पुरा गराउनुको विकल्प नभएको उल्लेख गर्नु भयो । विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरु गत चैत २० गतेदेखि काठमाडौंमा निरन्तर सडक आन्दोलन गर्दै आएका छन् ।
शिक्षकको आन्दोलन
नयाँ वर्षमा पनि रोकिएन शिक्षकको आन्दोलन
२०८२ बैशाख १, सोमबार ०९:५५ बजे

प्रतिक्रिया