काठमाडौँ । हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने उद्घोषसहित शान्तिपूर्ण आन्दोलन थालेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालुवाटारको भात पानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ । सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष गरे । कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूको भनाइ छ ।
आज देश सबै हिसाबले भद्रगोल र बर्बाद अवस्थामा छ । अव यिनीहरूबाट यो देश सच्चिने र लिकमा आउने कुनै सम्भावना छैन’, लिङ्देनले भने, ‘त्यसैले हामीले देशलाई लिकमा ल्याउन र हाम्रो जीवनकालमा देश बनाउन देशव्यापी रूपमा व्यापक जनदाव सिर्जना गर्नुपर्नेछ ।’ उनले प्रदेशस्तरीय कार्यक्रम सकेपछि काठमाडौँ केन्द्रित कार्यक्रम गर्न लागेको जानकारी गराउँदै नेताहरू नसच्चिएसम्म विश्राम नलिने र त्यसका लागि बालुवाटार घेरेर भातपानी बन्द गर्नसम्म पछि नपर्ने चेतावनी दिए ।
‘नसुध्रने हो भने हामी पनि गाली चलाउँछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले चेतावनी दिँदै भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । केपी ओलीजी, गृहमन्त्रीजी शान्ति र अहिंसालाई कमजोरी नठान्नु !’
अध्यक्ष लिङ्देनले शान्तिपूर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको भन्दै सत्ता सधैँभरि आफ्नो हातमा हुन्छ भनेर नसोच्न गणतन्त्र पक्षधर दलहरूलाई चुनौती दिए । ‘सत्ता सधैँभरि तपाईँको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन्’, प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिँदै उनले भने, ‘जति दिन हाम्रा साथीहरूलाई थुन्नुहुन्छ यो जनमत दिन दुई गुणा रात चौगुना बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको आरोप लगाउँदै लिङ्देनले प्रहरी प्रमुख युवा संघको सहअध्यक्ष रहेको गम्भीर आरोप लगाए ।राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् । @4knationaldaily
प्रतिक्रिया