जसले जे भनेपनि जति आरिस गरेपनि नेकपा का वर्तमान अध्यक्ष केपी वलीको जस्तो राजनैतिक व्यक्तित्वको उचाइ अरु कुनै पनि उनका समकालिन नेताहरुको छ जस्तो लाग्दैन । प्रधानमन्त्री वलीले हालै सम्पन्न गर्नु भएको जनवादी चिनको यात्रा र चिनका महामहिम राष्ट्रपति सिजिङ्ग पिङ्गको विश्वव्यापी महायात्रा वि आर आई अर्थात निर्माण र सडक नामको विश्वव्यापी परियोजनामा नेपालको तर्फ
वाट हस्ताक्षर गरेर जुन प्रशंसा कमाएका छन त्यसकारण उनको लोकप्रियताले सगरमाथा छोएको छ ।
वलीलाई तथानाम गाली गर्ने, सडक कव्जा गरेका कतिपय विद्रोही अभियान्ताहरु समेत सार्वजनिक रुपमा वलीले वि आर आई मा हस्ताक्षर गरेर नेपाल राष्ट्रको गौरवलाई विशिष्ट उचाई प्रदान गरेको सार्वजनिक रुपमा र कुनै अन्तर्वातामा दिईरहेको देखिन्छ । ने.क.पा.का अध्यक्ष वलीको हाल पक्ष र विपक्षमा जे जस्ता विवाद भइरहेको पाइन्छ त्यसले पनि राष्ट्रको शिखर पुरुष उनी नै हुन भन्ने प्रमाणित गर्दैन र? अन्तरिाष्ट्रिय दवावमा कथित वामपन्थी भनिने सरकारले बन्द गरेको चिनिया सामाजिक संन्जाल वर्तनमान सरकारले खुला गर्ने जुन शाहस पूर्ण कार्य गर्यो
त्यसले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई जुन खुशी वनाएको छ, मलाई त्यो भन्दा वढी खुशी एकाविहानै टिकटकको ओइरोमा प्रशंसा र गाली गर्दै अभियान्ताहरुले वलीबारे जनतालाई राम्रा नराम्रा अनेक जानकारी दिईरहेको देख्दा आपू यस्तो प्रशंसा र गाली खाने कहिले भइएला भनि चिन्तन गर्न पुग्छु ।
विआरआई र टिकटकबाट मात्रै वलीको उचाई सगरमाथाको स्तरमा पुगेको होइन । पटक पटक राष्ट्रमाथि संकट आई लाग्दा वली लगायत नेपालका कम्युनिष्ट क्रान्तीकारीहरुले उल्लेखनीय देशभक्ति अडान देखाउदै आएका छन । अरुले विर्सेको सुगौली सन्धीको विशाल नेपालको मुद्दा लाल कम्प्युनिष्ट पार्टीका अध्यक्ष क.गंगालाल श्रेष्ठ हलुवाईले जोडतोडले उठाउनु भएको थियो र कम्युनिष्ट पार्टीको प्रथम भेला वहिष्कार गर्नु भएको थियो । पछि नेकपा ले विदेशी सैनिक मिशन ल्याउने कुरा र कोशी गण्डकी वेच्ने कुराको क. पुष्पलाल नेतृत्वले जोडदार विरोध गरेको थियो । विदेशीहरुको भरौटे सरकार पतन हुने भएपछि आफना मालिकको इशारामा नेकपा माथि प्रतिवन्ध लगाईएको थियो ।
जसलाई २०१३ सालमा राजा महेन्द्रसंग भेटेर प्रजातन्त्रमा पार्टीमाथि प्रतिवन्ध लगाउनु फाँसीवाद हो भनेपछि नेकपा माथिको प्रतिवन्ध फुकूवा भएको थियो । त्यो अन्तराष्ट्रिय शक्ति र उसका भतुवाहरु फेरी सल्वलाउन थालेका छन र हिजो केपी वलीले चुच्चे नक्शा, अयोध्या र लुम्बिनीमा चीनको रेल पु¥याउने कुराले चिन परस्त नीति अंगाले जस्तो फेरी अहिले विआरआई मात्र होइन नेपाल भित्रै पट्रोलियम उत्खनन, अनेक राष्ट्रिय मुद्दाहरुमा विदेशीको नाकावन्दीको वेला जस्तै कठोर प्रकारका अडान लिंदै पार्टीबाट भागेका वामदेव गौतम लगायतका कालापानीमा खुकुरी लिएर जाने नेताहरुको घरफिर्तीले सर्वत्र हलचल मचाएको देखिन्छ ।
यस्तो वेला साम्यवादीहरुका घोर विरोधीहरु बीच धु्रवीकरण गरेर डोनाल्ड लु को इशारामा वलीलाई इम्रारान खान वनाउने र कम्युनिष्ट पार्टी र आन्दोलनलाई क्षत विक्षत पार्न दक्षिण पटिृका केही जासूसहरु सक्रिय भएको र पूर्व राजालाई समेत लखनउ पुर्याएर गणतन्त्रको उछितो काढ्ने राजावादीको नेतृत्वमा दक्षिणपन्थी सरकार वनाउने प्रपन्च अन्तर्गत वली र एमालेलाई घेरावन्दीमा पार्न अनेक खेलहरुको रचना भैरहेको छ । यसले कोही यदि देशभक्त छ र अझ साम्यवादी हो भने त प्रतिक्रिया वादीहरुले घेरावन्दीमा पार्न खोजेको वर्तमान सरकार, यसको नेतृत्व गर्ने पार्टी एमाले र सर्वोच्च नेता केपि वलीलाई समर्थन गर्नै पर्दछ ।
दक्षिण पन्थी प्रचन्चमा लागेका पाखण्डी दोक्ला चरित्रका नक्कली कम्युनिष्ट बाहेक अब सिपि, झलनाथ, नारायणमान, मात्र होइन उग्र प्रकृतिका मोहन विक्रम, मोहन वैद्य, नेत्र विक्रम र धर्मेन्द वास्तोला आदिले पनि देशभक्तिपूर्ण वामपक्षिय मोर्चावन्दी गरेर अब गणतन्त्रका पक्षधर हरु एक भयर वलीको नेतृत्वमा राष्ट्रलाई तत्काल जनवादी दिशा प्रदान गर्न सकेनन भने नेपाल दक्षिणपन्थी फाँसिष्टहरुको अराजकताको शिकार हँदै राष्ट्रको अस्तित्व नै नामेट हुन सक्नेछ । सबैलाई चेतना भया ।
प्रतिक्रिया