+
Search

ताजा अपडेट +

पपुलर +

दर्जनौँ हिट म्युजिक भिडियोमा अभिनय तर गुमनाम पात्र मोडल गीत पृन्सेस लिम्बू

इमानजङ्ग बानियाँ
२०८१ चैत्र १९, मंगलवार २०:२० बजे

गोरखा– सानै उमेरदेखि गायन र अभिनयमा अत्यन्तै रुचि राख्ने र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउँदै आएकी मोडल हुन गीत पृसेन लिम्बु । जो लामो समय देखि अहिले सम्म अनवरत आफूलाई यसै क्षेत्रमा सक्रिय बनाउँदै आएकी छन् ।

भविष्यमा सफल मोडल नायिका बन्ने योजना र चाहाना बोकेकी लिम्बू भन्छिन्- ‘हुन त हामी कसैलाई थाहा छैन भविष्यमा के हुन्छ कसो हुन्छ तसर्थ जे छ त्यसैमा रमाउन पर्छ भन्ने सोचलाई पनि आत्मसाथ गर्दै यस क्षेत्रमा लागिरहेकी मोडल गीत त्यसै अनुरूप मेहनत समेत गर्दछौँ।’

उनी अझ अघि थप्छिन्- ‘मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।’

यसै क्रममा मोडलिङ क्षेत्रलाई हाँक्न सक्ने सम्भावनासहित अभिनयमा लागेकी हुन लिम्बु । काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी लिम्बुले विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल कला प्रस्तुत गरिसकेकी छन् । उनी भन्छिन्- ‘बच्चा देखिकै चाहना भनेको मोडल नै बन्नु थियो ।’

अभिनयमा पोख्त यसको अलावा आकर्षक सुन्दर मिलेको शरीर लुक्स र स्लिम शरीर मृग नयनी आँखा पिपलपाते ओठ अनि हाइटि फिगर को पनि धनी सेक्सी एन्ड बोल्ड लुक्स नै उनी प्रतिको आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबै सङ्ग सजिलै घुलमिल हुन सक्ने उनीको विशेषता हो ।

खेल र नयाँ ठाउँ घुम्न पनि उतिकै सौखिन छिन । अहिले सम्म ३ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा काम गरी सकेकी लिम्बुलाई धेरै नयाँ गीतमा अफर आएका थिए तर आफ्नो पर्सनल कारणले समय दिन नसक्दा धेरै गीत छोड्नु परेको उनले बताइन ।

प्रेमको विषयमा खासै खुलेर नबोल्नेमा पर्छिन्- मोडल लिम्बु । म अहिले सम्म सिङल नै छु । प्रेम र विश्वास बिना यो सन्सारको कल्पना सम्म गर्न सकिन्न शारीरिक सम्बन्ध भनेको प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो यसलाई सही तरिकाले सही समय र सही व्यक्तिसंग मात्र सदुपयोग गर्न सक्नु पर्दछ ।

कलाकारितामा लामो समय को त्याग तपस्या र साधना वाट आएकी लिम्बुको करिब ३ दर्जन भन्दा धेरै म्युजिक भिडियो बजारमा आएका छन् भने उनले खेलेको ३ फिल्म पनि छन् जसमध्ये २ फिल्म प्रदर्शनको तयारीमा छन् ।

दर्शक श्रोताले आफ्नो भिडियो मन पराउने गर्छन् तर आफू भने दर्शक सङ्ग परिचित हुन नपाउँदा लागेको उनले बताइन। बच्चामा आमा बुबाको माया ममताबाट वञ्चित लिम्बू जब यो फिल्डमा आइन यहाँ पनि कसैको साथ र सपोट बिना नै एक्लो दुखले यहाँ सम्म आए तर मिडियामा आउन नसक्नु कारणले अहिले प्रविधि अनुसार आफू पछि परेको जस्तो लाग्ने उनले बताइन ।

भन्छिन्- ‘यो लाइनमा धेरै मान्छेले कलाकार भएर कलाकारकै खुट्टा तान्ने प्रवृत्ति छ जसले नयाँ प्रतिभाले स्थान पाएको छैन । यस्ता प्रवृत्ति नहटेसम्म नयाँ प्रतिभाले स्थान नपाउने उनको विश्वास छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

इमानजङ्ग बानियाँ