+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी, सरकारले भन्यो : कारबाही गर्छौँ

पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार १९:१५ बजे

काठमाडौं– प्रहरीले तिनकुने प्रदर्शनमा जनकमान्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

तीनकुनेमा प्रसाईंले कारबाट प्रहरीको घेरा तोड्दै भिडलाई उक्साएका थिए। त्यसपछि अराजक बनेको भिडले निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेको थियो।

गृह मन्त्रालयले शुक्रवार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । शुक्रवार दिउँसो उनी आफैँ गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरूमा समेत देखिन्छ ।

केही पर भने निषेधित क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी उभिएका थिए ।

उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाई समेत अश्लील गाली गरेका थिए । प्रहरीले उनको गाडी रोक्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।

निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ ।

सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ