काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् ।
शुक्रवार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।
उनले भने, ‘सरकारलाई त गीत गाउन मात्रै मतलब छ । उसलाई त खाली म त ढलेँ, ढलेँ…अहिले हामीले ढालेकै छैनौँ अनि किन ढलेँ ढलेँ भनेको त ? मति सप्रियोस्, बुद्धि फेरियोस् । प्रखण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दंग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा पर्याे ।
उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरूलाई चेतावनी दिए ।
उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरू होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन् । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिँदैनौ । चुनौती दिन चाहन्छौ देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरूले ठुलो मूल्य चुकाउनु पर्नेछ ।’
प्रतिक्रिया