राई पक्राउबारे सभामुखलाई जानकारी नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ बारे सभामुखलाई जानकारी गरएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राईलाई पक्राउ गरिएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो । यो सँगै राई सांसद पदबाट निलम्बित हुने छिन् । प्रहरीले पठाएकोे पत्रमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई गएराति उनकै निवास कपनबाट पक्राउ गरिएको उल्लेख छ । राईलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो । सो सहकारी ठगी प्रकरणका जीवी राई भने अझै फरार छन् । सोही प्रकरणमा रवि लामिछाने र छविलाल जोशी भने पुर्पक्षकालागि जेल चलान भएका छन् ।
नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ बारे सभामुखलाई जानकारी
नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ बारे सभामुखलाई जानकारी
२०८२ बैशाख १४, आईतवार १८:४१ बजे

प्रतिक्रिया