+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

4KNationalDaily
२०८२ बैशाख १४, आईतवार १८:३८ बजे

ओली देउवाबीच भेटवार्ता सत्ता गठबन्धनको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न देउवा सहयोगीका साथ बालुवाटार पुग्नु भएको थियो । प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले सत्ता परिवर्तनका विषयमा चलेका निराधार हल्लाबारे चिन्ता नगर्न ओलीलाई आस्वस्त पारेको बताइएको छ । देउवासँगको वार्तापछि प्रधानमन्त्री ओली ढुक्क देखिनु भएको छ । दुई नेताबीचको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily