एपीएफलाई लुम्बिनी कपको उपाधि पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले उचालेको छ । नेपालगञ्ज रंगशालामा हिजो साँझ भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै एपीएफ क्लबले उपाधि हात पारेको हो । एपीएफका लागि अन्तिम मिनेटमा गीता रानाले गरेको गोल निर्णायक गोल बन्यो । उपाधिसँगै एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता पुलिसले २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै २५ हजार प्राप्त गरिन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक पनि एपीएफकै भगवती थापा घोषित भए । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे । बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमको सहभागिता थियो ।
एपीएफलाई लुम्बिनी कपको उपाधि
एपीएफलाई लुम्बिनी कपको उपाधि
२०८२ बैशाख १३, शनिबार ०९:४८ बजे

प्रतिक्रिया