+
Search

ताजा अपडेट +

पपुलर +

युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र युक्रेन सहमती निकट

युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र युक्रेन सहमती निकट

4KNationalDaily
२०८२ बैशाख १३, शनिबार ०९:४४ बजे

रुस–युक्रेनको समाचार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र युक्रेन सहमती निकट पुगेको बताउनुभएको छ । ट्रम्पले आफ्ना विशेष प्रतिनिधि स्टिभ विटकअफ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ताले सकारात्मक सन्देश दिएको बताउनु भयो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत केही दिन अघि युक्रेनसंग युद्ध अन्त्यका लागि वार्ता गर्न सकिने संकेत दिनुभएको बीबीसीले जनाएको छ । उता, युक्रेनले भने युद्ध विरामका लागि रुसलाई विशेष दवाव दिनुपर्ने बताउंदै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससंग अभूतपूर्व सहमतीका लागि दवाव बढाउनुपर्ने बताउनुभएको छ । सन् २०२२ देखि जारी युद्ध अन्तर्गत रुसले युक्रेनको करिव २० प्रतिशत भुभाग कब्जा गरेको छ । रुसले भने आफुले कब्जा गरेको भुभाग फिर्ता नगर्ने शर्तमा मात्र युद्धविराम गर्ने सकिने बताउदै आएको छ । रुसको सो अडानबारे आफ्ना जनताले फैसला गर्ने युक्रेनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily