+
Search

ताजा अपडेट +

पपुलर +

पोेखरामा १ अर्बको लगानीमा खानेपानी आयोजना बनाइँदै

पोेखरामा १ अर्बको लगानीमा खानेपानी आयोजना बनाइँदै

4KNationalDaily
२०८२ बैशाख १३, शनिबार ०९:४२ बजे

पोेखरामा १ अर्बको लगानीमा खानेपानी आयोजना बनाइँदै कास्कीको पोखरा महानगरपालिकाभित्र ३ वटा खानेपानी आयोजना निर्माण गर्न त्रिपक्षीय समझदारी भएको छ । खानेपानी संस्थानको पानी नपुग्ने पोखराका ३ वटा ग्रामीण वडामा खानेपानी तथा ढल व्यवस्थापन विभागका २ आयोजना मार्फत खानेपानीको व्यवस्था गरिने भएको हो । पोखरा–११ मा जलवायु अनुकूलित बृहत् आयोजना अन्तर्गत का“हुधरहरा खानेपानी आयोजना, पोखरा–२१ र ३३ नम्बर वडालाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजना अन्तर्गत बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कु“वर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र ३ वटै खानेपानी आयोजना अध्यक्षले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । निर्माण सक्न अनुमानित १ अर्ब २९ करोड ४९ लाख ५८ हजार ९ सय ७८ रुपैया“ लाग्नेछ । यसबाट ५ हजार १ सय घरधुरी लाभान्वित हुने अनुमान छ । ३ आयोजनाको कुल लागतको ९० प्रतिशत खर्च संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्नेछ । बाँकी १० प्रतिशत रकम भने महानगरपालिकाले ब्यहोर्ने प्रमुख धनराज आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily