सञ्जाल कम्पनी सूचीकृत नभए चलाउन नेपालमा सामाजिक सञ्जाल कम्पनी सूचीकृत नभए चलाउन नदिने चेतावनी दिएको सरकारले एक साताभित्र प्रक्रियामा आउन अन्तिम अवसर दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनभित्र प्रक्रियामा नआए बन्द गरिदिने चेतावनी दोहो¥याउनु भएको हो । सरकारको अडानबीच फेसबुक, इन्स्टाग्राम लगायतको प्यारेन्ट कम्पनी मेटालाई एक साताभित्र प्रक्रियामा आउन सरकारले अन्तिम अवसर दिएको हो । सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको जानकारहरु बताउँछन् । निर्देशिकाको भरमा सामाजिक सञ्जाललाई नियमन गर्ने विषय हास्यास्पद भएको साइबर कानूनका जानकार बाबुराम अर्यालको भनाई छ । नेपालमा मेटाअन्तर्गतका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, थ्रेड्सलगायत प्लाटफर्मकका उल्लेख्य प्रयोगकर्ता छन् । डेटा रिपोर्टलको सन् २०२५ को प्रतिवेदन अनुसार १ करोड ३५ लाख नेपालीले फेसबुक चलाउँछन् भने म्यासेन्जर एप प्रयोग गर्नेको संख्या १ करोड ८ लाख र ३६ हजार छ । अघिल्लो बिहीबार सरकारसँगको औपचारिक छलफलमा मेटाका प्रतिनिधिले नेपालमा सूचीकृत हुन दिइएको अन्तिम समयसीमाभित्र आफ्नो जवाफ पठाउने प्रतिबद्धता जनाएका भएपनि अझैसम्म कुनै जवाफ नआएको मन्त्रालय स्रोतले जनाएको छ । यसैबीच मन्त्रालयले सूचीकृत नहुने सामाजिक सञ्जाल प्लाटफर्मलाई बन्द गर्दा कस्तो प्रभाव पर्छ भन्नेबारे अध्ययन समेत गरिरहेको पनि उल्लेख गरेको छ ।
नेपालमा सामाजिक सञ्जाल कम्पनी सूचीकृत नभए चलाउन नदिने सरकारको चेतावनी
नेपालमा सामाजिक सञ्जाल कम्पनी सूचीकृत नभए चलाउन नदिने सरकारको चेतावनी
२०८२ बैशाख १३, शनिबार ०९:४० बजे

प्रतिक्रिया