साँफेहाट बजारमा भीषण आगलागी अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा भीषण आगलागी भएको छ । आगलागीमा १० वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । बिहान करीब साढे ३ बजेतिर साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगोले क्षणभरमै आसपासका पसलमा सल्केको थियो । विद्युतको तार सर्ट भएर सल्किएको आगोले होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायत पसल पूर्ण रुपमा जलेको स्थानीय व्यवसायीले बताए । आगलागीपछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरिएको थियो । तर, दमकलको अभावले आगो निभाउन ढिलाई भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएको र डोटीबाट मगाउँदा ढिलो भएकाले आगो समयमै निभाउन नसकेको हो । उहाँका अनुसार मानवीय भने क्षति भएको छैन । क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । यसअघि, चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो । सो घटनामा ३५ वटा पसलहरु पूर्ण रुपले ध्वस्त हुँदा ८ करोड बढीको क्षति भएको थियो । यता रामेछापको मन्थलीमा पनि बिधुत सर्ट भएर आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । आगलागीमा परि २ जना घाईते भएका छन् । मन्थली नगरपालिकाको गजपानीका फस्टबहादुर श्रेष्ठको घरमा भएको बिधुत सर्टबाट आगलागी हुँदा निभाउने क्रममा श्रेष्ठ र उनकी श्रीमती सामान्य घाईते भएको प्रहरीले जनाएको छ । आगलागीबाट फस्टबहादुरका दुवै घर जलेर नष्ट भएका हुन् । आगलागीबाट खोरमा रहेका २५ वटा खसि बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । कठिन प्रयासपछि आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ ।
साँफेहाट बजारमा भीषण आगलागी हुँदा ८ करोड बढीको क्षति
साँफेहाट बजारमा भीषण आगलागी हुँदा ८ करोड बढीको क्षति
२०८२ बैशाख १३, शनिबार ०९:३५ बजे

प्रतिक्रिया