+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा एमालेले संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने

नेकपा एमालेले संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने

4KNationalDaily
२०८२ बैशाख १३, शनिबार ०९:३२ बजे

एमाले संसदीय दलको बैठक सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा बजेट अधिवेशनबारे छलफल हुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो । बजेट अधिवेशन सुरु भएको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनलाई सफल बनाउने विषयसँगै शिक्षकका माग सम्बोधनलगायतमा छलफल हुने बर्तौलाले जानकारी दिनुभयो । नेपाल चिकित्सक संघ आवासीय चिकित्सकलाई आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नगरेको भन्दै नेपाल चिकित्सक संघले गरेको आन्दोलन आज पनि जारी रहेको छ । अस्ती बिहीबारबाट सुरु भएको आन्दोलन अन्तर्गत आज माईतीघर मण्डलामा बिहान ११ बजेबाट १ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो । सोही निर्णय निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै रुष्ट बनेका चिकित्सकहरु स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंगको भेट पछि भने केही आश्वश्त बनेका छन् । आन्दोलनकै दौरान स्वास्थ्य मन्त्री पौडेलले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको संघका अध्यक्ष कार्कीको भनाई छ । भोलीको आन्दोलनको कार्यक्रमबारे अहिलेसम्म केही तय नभएको उहाँले बताउनुभयो । सरकारको आश्वासनले मात्रै आन्दोलन नरोकिने चिकित्सकहरुको भनाई छ । आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय कार्यान्वयन नभएसम्म विभिन्न स्वरुपमा आन्दोलन जारी रहने संघको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily