+
Search

ताजा अपडेट +

पपुलर +

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

4KNationalDaily
२०८२ बैशाख १३, शनिबार ०९:३० बजे

शिक्षक र सरकारबीच वार्ता आन्दोलनरत शिक्षक महासंघसँग सरकारले वार्ता सुरु गरेको छ । वार्ता केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो । वार्तामा शिक्षा मन्त्री रघुजी पन्तसहित मन्त्रालयका पदाधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधी सहभागी भएको मन्त्रीको सचिवालयले जनाएको छ । सर्बोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न दिएको आदेशलाई ध्यानमा राख्दै सरकारले वार्ता अगाडि बढाएको हो । यसअघि हिजो हुने भनिएको वार्ता रोकिएको थियो । महासंघले सरकारसँग वार्ता भएपनि आन्दोलन नरोक्ने जनाएको छ । सुरुदेखिनै उधारो सहमति नगर्ने भन्दै आएका शिक्षकहरुले वार्ता र आन्दोलनलाई सँगै लैजाने बताएका छन् । चैत २० गतेदेखि राजधानीका सडकमा आन्दोलन गर्दैै आएका शिक्षकहरुले २०८० सालमा भएको सम्झौता बजोमिज तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेका छन् । शिक्षकका सबै माग सम्बोधन गर्न राज्यलाई ठूलो आर्थिक स्रोत चाहिने सरकारले बताउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily