+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागी टोली आमने सामने हुँदै

लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागी टोली आमने सामने हुँदै

4KNationalDaily
२०८२ बैशाख १२, शुक्रबार १०:१२ बजे

लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागी टोली आमने सामने हुँदैछन् । नेपाल प्रहरी र एपीएफ दिउँसो ४ बजे नेपालगञ्ज रङ्गशालामा भिड्न लागेका हुन् । विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने दर्शकको अपेक्षा छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बर्चस्व रहे पनि उपाधि कब्जा गर्ने गरी मैदान उत्रने तयारी गरेको बताए । एपीएफकी प्रशिक्षक भगवती थापाले पनि नेपाल प्रहरीको टोलीलाई पराजित गर्ने मनोबल सहित खेल्ने बताइन् । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily