+
Search

ताजा अपडेट +

पपुलर +

कास्मिरको हमला भारत पाकिस्तान तनाव उत्कर्समा भारतको कास्मिर

कास्मिरको हमला भारत पाकिस्तान तनाव उत्कर्समा भारतको कास्मिर

4KNationalDaily
२०८२ बैशाख १२, शुक्रबार १०:१० बजे

कास्मिरको हमला भारत पाकिस्तान तनाव उत्कर्समा भारतको कास्मिर क्षेत्रमा २६ जनाको ज्यान जाने गरि भएको हमला पछि पाकिस्तान र भारतबीचको सम्बन्धमा थप दरार आएको छ । भारतले पाकिस्तानसंगको पानी सम्झौता निलम्बन र सिमा नाका बन्द गर्ने तयारी गरेसंगै पाकिस्तानले समेत बदला स्वरुप भारतीय कम्पनीका वायुसेवालाई आफ्नो मुलुकमा उडानमा प्रतिवन्ध लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै, भारतसंगको व्यापारलाई समेत पाकिस्तानले निलम्बन गरेको छ । कास्मिर घटनामा २ जना पाकिस्तानी अधिकारी संलग्न रहेको जनाइएको छ । तथापी भारत सरकारले भने त्यसको पुष्टी गर्न बांकी छ । यसैविच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पहलगाममा गरिएको आतंकाकारी आक्रमणमा संलग्नहरु विश्वको कुनै कुनामा गएपनि नछाड्ने चेतावनी दिनुभएको छ । आक्रमणपछिको पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पृथ्वीको जुनसुकै कुनामा रहेपनि आक्रमणकारी र आक्रमणको योजना बनाउनेललाई पहिचान गरेर दण्डित गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily