शिक्षक महासंघको आन्दोलन रोकिएन सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेपनि शिक्षकहरुले आन्दोलन रोकेका छैनन् । उनीहरुले आज पनि शैक्षिक हड्तालाई जारी राखेका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत लडाइ जारी रहेकाले आन्दोलन नरोकिएको उल्लेख गर्नु भएको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको महासंघले आज पनि शिक्षकलाई बिहान ११ बजे माइतीघर मण्डला बोलाएको छ । अध्यक्ष सुवेदीले राज्यसँगको लडाई जारी रहेको भन्दै सबै शिक्षक कर्मचारीलाई आन्दोलनका लागि माइतीघर बोलाउनु भएको हो । अदालतले देशभरका बालबालिकाको नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न, नगराउन आदेश दिएको थियो । सरकारले पनि आजदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमार्फत शिक्षा विधेयक टुंगो लगाउने प्रतिबद्धता जनाएको छ । गत चैत २० यता निरन्तर आन्दोलनमा रहेको महासंघ माग पुरा नभएसम्म सडक नछाड्ने अडानमा छ ।
शिक्षक महासंघको आन्दोलन रोकिएन
शिक्षक महासंघको आन्दोलन रोकिएन
२०८२ बैशाख १२, शुक्रबार १०:०१ बजे

प्रतिक्रिया