+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक आन्दोलन गर्ने

4KNationalDaily
२०८२ बैशाख १२, शुक्रबार ०९:५८ बजे

चिकित्सकको आन्दोलन नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएको छ । संघले निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिक सबैमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो । संघले आकस्मिक तथा आईसीयूका बिरामीलाई अप्ठ्यारो नपार्ने गरी अन्य सेवा नदिन चिकित्सकहरूलाई आव्हान गरेको छ । संघले बिहान ११ बजे उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई माइतीघर मण्डलामा बोलाएको छ । माइतीघरमा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिने कार्यक्रम राखिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उपत्यका बाहिर भने सम्बन्धित जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम राखिएको संघले जनाएको छ । आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि निर्वाह भत्ता नपाएको र माग गर्दा धम्की आएकाले आन्दोलन गर्नु परेको संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताउनुभयो । निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्सले केही दिनयता प्रदर्शन गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको आठौँ तहका लागि ४८ हजार रुपैयाँ मासिक भत्ता दिनुपर्ने उनीहरुको माग छ । निजी कलेज सञ्चालकहरुले भने त्यति रकम दिन नसक्ने बताउदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily