नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ । दिउँसो ४ बजे सपथ ग्रहण तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई सपथ गराउनु हुने छ । सपथ लगत्तै पन्तले सिंहदरवार पुगेर कार्यभार सम्हाल्नु हुने छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गर्नु भएको हो । एमालेका समानुपातिक सांसद रहेका पन्त यसअघि २०६३ सालमा श्रम मन्त्री हुनु भएको थियो । गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि पहिलो पटक पुनर्गठन भएको हो । पन्तलाई नियुक्त गरिएसँगै सरकारले उर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई भने बर्खास्त गरेको छ ।
रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिदै
रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिदै
२०८२ बैशाख ११, बिहीबार १६:३६ बजे

प्रतिक्रिया