+
Search

ताजा अपडेट +

पपुलर +

आज बैशाख ११ गते लोकतन्त्र दिवस

आज बैशाख ११ गते लोकतन्त्र दिवस

4KNationalDaily
२०८२ बैशाख ११, बिहीबार १६:१५ बजे

आज बैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको आज १९ वर्ष भएको छ । यही अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी १९ औं लोकतन्त्र दिवस मनाइँदै छ । दिवसका अवसरमा लोकतन्त्र प्राप्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीले संयुक्त रुपमा गरेको ०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । जनआन्दोलन उत्कर्षमा पुगेका दिन २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको हातमा रहेको सबै शक्ति जनताले खोसेका थिए । अर्थात् राजाले विघटन गराएको प्रतिनिधिसभा पुनस्र्थापना भयो । त्यही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि नै संवैधानिक राजतन्त्रमाथि प्रश्न उठ्न थालेको थियो । राजाले प्रजातन्त्र खोसेपछि २०६२ मंसिर ७ गते आन्दोलनरत तत्कालीन सात दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौता भयो । सात राजनीतिक दलले २०६२ चैत २४ गतेदेखि सुरु गरेको आन्दोलनलाई नेकपा माओवादीले पनि साथ दियो । आन्दोलन चर्किएपछि २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापना गर्न राजा तयार भए । पुनस्र्थापित प्रतिनिधिसभाको जेठ ४ गते बसेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दियो । त्यसपछि नेपाल लोकतन्त्रमा प्रवेश ग¥यो । २०६३ मंसिर ५ मा सरकार र माओवादी केन्द्रबीचको शान्ति सम्झौतासँगै १० वर्ष लामो सशस्त्र युद्ध अन्त्य भयो । २०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २३७ वर्ष लामो इतिहास बोकेको राजतन्त्र अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो । लोकतन्त्र स्थापनाको जगमा नेपाली जनताले राष्ट्रप्रमुख आफैं छान्न पाउने गणतान्त्रिक व्यवस्था मात्र आएन देशले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता विषयलाई अवलम्बन गरेको हो ।

साथै काठमाडौंमा एमालेको युथ सेलिबे्रशन

सत्तारुढ एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको सन्दर्भ पारेर काठमाडौंमा आज कार्यक्रम गर्दैछ । सरकारको कार्यशैलीलाई लिएर आलोचना बढिरहेकाबेला जागरणसभा गर्दै आएको एमालेले काठमाडौंमा ‘युथ सेलिब्रेशन’का नाममा भिड उतार्न लागेको हो । एमालेले बिहान ११ बजे भृकुटीमण्डपमा देशभरका ४० वर्षमुनिका एक लाख युवा जम्मा पार्ने जनाएको छ । एमालेले थुथ सेलिब्रेसन मार्फत शक्तिप्रदर्शनको तयारी गरेको हो । कार्यक्रमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, युवा संघका अध्यक्ष क्षितिज थेवेलगायतले सम्वोधन गर्ने बताइएको छ । सरकार नेतृत्वकर्ता दल एमालेले सडकमा गर्न लागेको प्रदर्शनलाई कतिपयले भने अनौठो मानेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily