जंगलमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पाको निस्दी गाउँपालिका–१, बाँकामलाङ्मा घरगोठ जलेको छ । बाँकामलाङ्को जुरेडाँडास्थित बन्चरेडाँडा जंगल क्षेत्रमा लागेको डढेलो बस्तीमा पसेपछि स्थानीय दिलबहादुर सारुको घरगोठ जलेको स्थानीय शालिकराम पाण्डेयले जानकारी दिनुभयो । जंगलको आगो हावाहुरीले उडाएर खरले छाएको गोठमा पसेको र त्यसले घरगोठ दुबै नष्ट पारेको हो । गोठमा रहेको गाई, भैसी, २० वटा बाख्रा, अन्नपात, भाडाकुँडा, लत्ताकपडा समेत जलेर नष्ट भएको प्रहरी चौकी केलादी पाल्पाले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा २५ लाख बराबरको क्षति भएको छ । सारुको घरसंगै अन्य थप दुई घर भने जोगाइएको छ । स्थानीय बासिन्दा जंगलको डढेलो बस्तीमा आउन नदिन निभाउन गएका बेला हावाहुरीले सारुको गोठमा आगो सल्केको थियो ।
जंगलमा लागेको डढेलो बस्तीमा पस्दा
जंगलमा लागेको डढेलो बस्तीमा पस्दा गोठमा रहेको गाई, भैसी, २० वटा बाख्रा, अन्नपात, भाडाकुँडा, लत्ताकपडा जलेर नष्ट
२०८२ बैशाख १०, बुधबार २२:१४ बजे

प्रतिक्रिया