संयुक्त कम्पनी स्थापना गर्ने समझदारी नेपाल र भारतबीच चार सय केभीको दोधारा–बरेली र इनरुवा–न्यू पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना गर्ने समझदारी भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा हिजो सो समझदारी पत्रमा हस्ताक्षर भएको हो । साझदारीपत्रमा नेपालको विद्युत् प्राधिकरणकातर्फबाट निर्देशक कमल आचार्य र भारतको तर्फबाट पावर ग्रिडका निर्देशक यतिन्द्र द्विवेदीले हस्ताक्षर गर्नुभयो । समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन मातहत संयुक्त कम्पनी खडा हुने भएको हो । कार्यक्रममा भारतका ऊर्जामन्त्री खट्टरले ऊर्जा क्षेत्रमा भएको सहकार्यले दुवै देशको दिगा विकासका लागि सहयोग पुग्ने बताउनुभयो । संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भईरहेको खट्टरको भनाइ थियो । भारतले नेपालबाट १ हजार मेगावाट बिजुली खरिद गरिररहेको भन्दै बंगलादेशमा पनि भारत हुँदै बिजुली गईरहेको खट्टरले जानकारी दिनुभयो । उहाँले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । अरुण–३ जलविद्युत् आयोजनाको भ्रमण गरेको र सो आयोजनासँग सम्बन्धित समस्या सम्बन्धमा समेत छलफल भएको छ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल–भारत ऊर्जा सहकार्यलाई ‘साझा समृद्धिको प्रतीक’को रुपमा व्याख्या गर्दै इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा भएको दाबी गर्नुभयो
संयुक्त कम्पनी स्थापना गर्ने समझदारी नेपाल र भारतबीच चार सय केभीको दोधारा
संयुक्त कम्पनी स्थापना गर्ने समझदारी नेपाल र भारतबीच चार सय केभीको दोधारा
२०८२ बैशाख १०, बुधबार २२:०९ बजे

प्रतिक्रिया