एपीएफले महिला फुटबलमा कर्णालीको सामना गर्ने विभागीय एपीएफ क्लबले लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघको टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सेमिफाइनल प्रवेशका लागि एपीएफ र कर्णाली प्रदेशको टोली भिड्न लागेका हुन् । बाँकेको नेपालगञ्ज रंगशालामा दिउँसो तीन बजेपछि एपीएफ र कर्णाली प्रदेशको टोली आमनेसामने हुनेछन् । दुबै टोली अन्तिम चारमा स्थान बनाउन चाहन्छ । आजको खेलको विजेताले सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा घरेलु टोली बाँके जिल्ला फुटबल संघलाई पराजित गर्दै रौतहटले सेमिफाइनल यात्रा तय गरेको हो । रौतहटले बाँके–११ लाई ३–० गोलले हराएको थियो । नेपालगञ्जमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय सहित आठ टिमको सहभागिता रहेको छ ।
एपीएफले महिला फुटबलमा कर्णालीको सामना गर्ने
एपीएफले महिला फुटबलमा कर्णालीको सामना गर्ने
२०८२ बैशाख ८, सोमबार १३:३५ बजे

प्रतिक्रिया