अमेरिकाको बोइङ चीनबाट फिर्ता अमेरिका र चीनबीच वस्तु आयतमा गरिएको करवृद्धिको होडबाजीको असर हवाई व्यापारमा समेत परेको छ । चीनको सिमेन एयरलाइन्सका लागि अमेरिकामा निर्माण गरिएको बोइङ चीनले फिर्ता गरिदिएको हो । बोइङ ७३७ म्याक्स मोडलको सो विमानका लागि अमेरिकाले अतिरिक्त १ सय २५ प्रतिशत कर थपेको भन्दै चीनले फिर्ता गरेकोे समाचार संस्था रोयटर्सले जनाएको छ । करवृद्धिका कारण महँगोमा बोइङ खरिद नगर्ने चीनले जवाफ दिएको छ । कर वृद्धिसँगै विमानको बजार मूल्य ५ करोड ५० लाख डलर पुगेको छ । करवृद्धिका कारण हवाई व्यापारमा अविश्वास सिर्जना भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकाको बोइङ चीनबाट फिर्ता
अमेरिकाको बोइङ चीनबाट फिर्ता (अमेरिका र चीनबीच करवृद्धिको होडबाजीको असर)
२०८२ बैशाख ८, सोमबार १३:३३ बजे

प्रतिक्रिया